Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

Tuesday, October 30, 2018 National Power

१३ कार्तिक,काठमाण्डौ– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मंगलबार बिहान गरिएको प्रधानमन्त्री ओलीको रगत परिक्षण तथा छातिको एक्स–रेलगायतको रिपोर्टहरु सकारात्मक रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा। डा. उत्तमकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् । प्रधानमन्त्री ओलीको उपचारमा प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्या सिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित समुह खटिएको छ ।

डा। सायमीका अनुसार मंगलबार बिहान प्रधानमन्त्री ओलीले व्रेकफास्ट लिएका छन् भने दाह्री समेत आफैले काटेका छन् । डा. सायमीका अनुसार प्रधानमन्त्री ओलीमा ज्वरो छैन भने खोकी धेरै कम भएको तथा प्रेशर पनि साइजमा आएको छ । चिकित्सकहरुका अनुसार यसैगरी सुधार भए अबको २ दिनमा प्रधानमन्त्रीलाई रिफर गरेर बालुवाटार पठाइने छ ।प्रधानमन्त्री ओलीको स्वास्थ्य विग्रेसिछ सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।