११ कार्तिक ,काभ्रे / अरबिन्द्र गौतम – काभ्रेपलान्चोक रंग र फूलको पर्व मानिने तिहार नजिकिदैँ गर्दा काभ्रेका घर आँगन र करेसाबारी फूलले सजिएका छन् । घरआँगनमा ढकमक्क फुलेका विभिन्न प्रजातिका फूलले सजिएको छ ।
घर आगन र बारीका पाटाहरुमा ढकमक्क फूल फूलेका छन् । तिहारमा आफूले नै फूलाएको फूलको माला लगाएर दाजुभाईको सत्कार गर्ने गरिन्छ । आफुले नै उत्पादन गर्ने फूल भएपछि बजारमा पाईने कृतिम फूल किन्न आवश्यक नरहेको काभ्रेका राम प्रसार चौलागाईंको भनाई छ । विशेषगरी गाउँघरमा अहिले सबैको घर–आँगन, डील, बारी, कान्लामा ढकमक्क विभिन्न प्रजातिका फूल फुलेका छन् । आँगनी डिलमा फुलेका सयपत्री, मखमली,फूलले सबैको मन लोभ्याएका छन् ।
यसवर्ष तिहार पर्व केही ढिला भएकाले बोटमै फूल सुक्ला कि, बोट भाचिएँला कि ? भन्ने चिन्ताले घर–आँगन, बारी, कान्लामा फूल हुर्काएकाहरुलाई सताएको छ । उनीहरुले ढकमक्क फुलेका फूलको बोटलाई ‘टेको’ लगाएर राखेका छन् । पछिल्लो समय तिहारमा घरमै फुलेको फूलको माला भन्दा पनि बजारमा पाईने कृत्रिम मालाको प्रयोग बढ्दै गएको छ