Wednesday 11th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

काभ्रेको भुम्लु गाउँपालिकामा लास फेला, एक अपरिचित र अर्को शंकास्पद

Friday, October 19, 2018 National Power

२, कार्तिक / काभ्रे – काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशीमा शनिबार एक अज्ञात पुरुष मृत फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त लास अन्दाजी ३० र ३५ वर्षका देखिने सुनकोशी नदीको छेउमा ढुङ्गामा अड्किइ सडेगलेको र क्षतविक्षत अवस्थामा भेटिएको हो । उक्त लासको पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी नमोबुद्ध नगरपालिका–२ डुडीगाउँका एक वृद्ध शनिबार बिहान मृतावस्थामा भेटिएका छन् । ७६ वर्षका ज्ञानध्वज लामा आफ्नै कटेज बाहिर मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

“ढुङ्गाले हानेर मारेको देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताउदै प्रहरी उपरीक्षक खड्काले घटनाबारे थप अनुसन्धान गरिरहेको वताए ।

लामालाई बिहान उनकै कटेज बाहिर मृतावस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

–  तेमाल अन्लाईन बाट