Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

लिङ्गे पिङ लोपोन्मुख अवस्थामा

Friday, October 19, 2018 National Power

१ कात्तिक , काभ्रे / अरबिन्द्र गौतम – काभ्रेपलान्चोक दशैँको बेलामा आकर्षक रुपमा खेलिने लिङ्गे पिङ लोपोन्मुख अवस्थामा पुगेको छ । केही वर्षअघिसम्म चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ यस वर्षदेखि बनेपा , धुलिखेल, भक्तपुर देख्नसमेत मुस्किल परेको छ । दशैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने, आकाशमा चङ्गा उडाउने र लङ्गुरबुर्जा खेल्नेको प्रतिस्पर्धा नै हुने गर्दथ्यो तर अहिले चाहेर पनि पिङ खेल्न पाएका छैनन् ।

दशैँका आगमनको शुरुआतसँगै खेलिने पिङ यस वर्ष बनेपाको लायकु, नयाँबस्तीमा देख्न पाईन्छ । दशैँमा लिङ्गे पिङले दिने रौनक हराउँदै गएको छ भने विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेको पुराना पुस्ताले बताउँछन् ।

एउटा जिल्लामा सयौँको सङ्ख्यामा देखिने यस्ता लिङ्गे पिङहरु यस वर्ष काभ्रे जिल्लामा तेति देखिएका छैनन् भने ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिएका छन् । बस्ती बाक्लिदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बावियाँको डोरीको समेत अभाव भएको छ ।

दशैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमीनबाट पाउ अर्थात् खुट्टा हटाउनै पर्ने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल भएको छ । युवापुस्ता भने पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्व एवं आवश्यकता घट्दै गएको छ ।

हामी युवा पुस्ताले यसको संरक्षणका लागि अग्रसरता देखाउन आवस्यक छ भन्नू हुन्छ । बनेपा नगरपालिका नयाँबस्ती बिष्णुहरि ओझा नयाँ पुस्तामा दशैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्व घट्दै गएको उनको भनाइ छ ।

नयाँबस्तीका राम प्रसाद चौलागाईं पिङभन्दा पनि इन्टरनेटलगायत विभिन्न गेम खेल्ने भएकाले पिङको महत्व घट्दै गएको बताउँछन् । पिङ जस्तै दशैँमा मासु, चिउरा खाएर कौसीमा बसेर परिवारसँग रमाउँदै आकाशमा चङ्गा उडाउने परम्परा पनि लोप हुँदै जान थालेको छ ।

युवा पुस्ताले हाम्रो परम्परालाई बिर्सकोमा नयाँबस्तीका पवन भुर्तेलले दुख समेत व्यक्त गरे । हाम्रो काला सस्कृतीको जगेर्ना गर्नु हाम्रो युवा पुस्ता दायित्व हो उनको भनाइ छ ।

मानिसहरुमा लिङ्गे पिङ प्रति चासो घट्नु ,देश धर्म निरपेक्ष भएर हो कि बन्ने अनुमान लगाउछ्न बनेपा नयाँ बस्तिका सागर तिमल्सिना काँठ क्षेत्रमा विगत केही वर्षदेखि चङ्गा उडाउने परम्परा घट्दै गएको र यो वर्षदेखि केही बालबालिकामा मात्र सीमित बन्न पुगेको छ ।

एकातिर बस्ती बाक्लिदै जानु र अर्कोतर्फ तास खेल्ने विकृति बढ्दै गएकाले पनि चङ्गा उडाउने पुरानो परम्परा लोप हुँदै जान थालेको हो । दशैंको आगमन झल्किने गरी गाउँ तथा टोलमा खेलिने लङ्गुरबुर्जा तथा ओखर खेल्ने परम्परा करीब लोप भएको छ । यो दुईवटै खेललाई कानूनीरुपमा अवैधानिक बनाएपछि यो खेल्ने परम्परा पनि करीब लोप भएको छ ।

पिङ खेल्ने परम्परा, चङ्गा उडाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले काँठ क्षेत्रमा दशैँको वास्तविक रौनक हराउँदै जान थालेको छ । काँठ क्षेत्रमा दशैंको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जान थालेको र युवापुस्तामा दशैँका नाममा तास र मदिराको कुलतको विकृति बढ्दै गएपछि काँठको दशैँ एकादेशको कथा बन्दै गएको हो ।