Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

आज नवरात्रको छैठौं दिनः कात्यायनीदेवीको पूजा

Monday, October 15, 2018 National Power

२९ असोज, काठमाडौं – आज नवरात्रको छैठौं दिन हो । आजको दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिन्छ । हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो । अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ ।

स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ । उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको शास्त्रहरुमा उल्लेख छ ।

कात्यायनी शक्तिको कहिल्यै नसकिने स्वरुपा हुन् । नवरात्रीको उत्सवको छैठौं दिन अर्थात षष्टि तिथिमा उनको पूजा आराधना गर्ने गरिन्छ । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।