Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

रङ्गकर्मी राम के.ए.सी.द्वारा लिखित ‘अश्वेत’ नाटक सङ्ग्रहको सार्वजनिक

Sunday, October 14, 2018 National Power

काठमाण्डौ – गत शनिवार राजधानी एक कार्यक्रमका विच रङ्गकर्मी राम के.ए.सी.द्वारा लिखित ‘अश्वेत’ नाटक सङ्ग्रहको सार्वजनिक गरिएको छ ।

कार्यक्रमका अतिथि प्रा.डा. व्रतराज आचार्य, प्रा.डा. सुरेन्द्र के.सी., वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा, आख्यानकार नीलम कार्की ‘निहारिका’, वरिष्ठ रङ्गकर्मी विजय विष्फोट, संस्कृतिकर्मी एवं राजनीतिकर्मी मणि थापा, नाथमका कार्यकारी निर्देशक दुर्गाभक्त ढकाल, नाथमका विभागीय प्रमुख केशवप्रसाद थपलिया तथा कृतिकार राम के.ए.सी.ले कृतिलाई संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रा.डा. व्रतराज आचार्यले यो कृति नेपाली नाट्य परम्परामा नौलो आयाम बोकेर आएको बताए । आख्यानकार नीलम कार्की ‘निहारिका’ले प्रस्तुत कृतिमा समावेश भएका नाटकहरूले समय सान्दर्भिक विषयलाई उठान गरेको र नाटक राम्रो रहेको टिप्पणी गरे । त्यस्तै विजय विष्फोटले प्रस्तुत कृति विभिन्न खालको प्रभावबाट मुक्त भएको बताए । यसै कार्यक्रममा प्रा.डा. सुरेन्द्र के.सी. र वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापाले पनि पुस्तकमाथि समिक्षा गरेका थिए ।

‘अश्वेत’ नाटक सङ्ग्रहमा अवान्तर, अश्वेत र सम्बोधि गरी तीनवटा नाटक सङ्गृहित छन् । कुशल रङ्गकर्मीको रूपमा पहिचान बनाइसकेका के।ए।सी।को यो पहिलो कृति हो । सद्भावद्वारा प्रकाशित प्रस्तुत कृति २०४ पृष्ठ रहेको छ ।