Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

रङ्गकर्मी राम के.ए.सी.द्वारा लिखित ‘अश्वेत’ नाटक सङ्ग्रहको सार्वजनिक

Sunday, October 14, 2018 National Power

काठमाण्डौ – गत शनिवार राजधानी एक कार्यक्रमका विच रङ्गकर्मी राम के.ए.सी.द्वारा लिखित ‘अश्वेत’ नाटक सङ्ग्रहको सार्वजनिक गरिएको छ ।

कार्यक्रमका अतिथि प्रा.डा. व्रतराज आचार्य, प्रा.डा. सुरेन्द्र के.सी., वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा, आख्यानकार नीलम कार्की ‘निहारिका’, वरिष्ठ रङ्गकर्मी विजय विष्फोट, संस्कृतिकर्मी एवं राजनीतिकर्मी मणि थापा, नाथमका कार्यकारी निर्देशक दुर्गाभक्त ढकाल, नाथमका विभागीय प्रमुख केशवप्रसाद थपलिया तथा कृतिकार राम के.ए.सी.ले कृतिलाई संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रा.डा. व्रतराज आचार्यले यो कृति नेपाली नाट्य परम्परामा नौलो आयाम बोकेर आएको बताए । आख्यानकार नीलम कार्की ‘निहारिका’ले प्रस्तुत कृतिमा समावेश भएका नाटकहरूले समय सान्दर्भिक विषयलाई उठान गरेको र नाटक राम्रो रहेको टिप्पणी गरे । त्यस्तै विजय विष्फोटले प्रस्तुत कृति विभिन्न खालको प्रभावबाट मुक्त भएको बताए । यसै कार्यक्रममा प्रा.डा. सुरेन्द्र के.सी. र वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापाले पनि पुस्तकमाथि समिक्षा गरेका थिए ।

‘अश्वेत’ नाटक सङ्ग्रहमा अवान्तर, अश्वेत र सम्बोधि गरी तीनवटा नाटक सङ्गृहित छन् । कुशल रङ्गकर्मीको रूपमा पहिचान बनाइसकेका के।ए।सी।को यो पहिलो कृति हो । सद्भावद्वारा प्रकाशित प्रस्तुत कृति २०४ पृष्ठ रहेको छ ।