Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

हरितारा चलचित्र पुरस्कार घोषणा

Sunday, October 14, 2018 National Power

काठमाण्डौ – यस वर्षका लागि ‘हरितारा चलचित्र पुरस्कार’ घोषणा गरिएको छ । पुरस्कारका संरक्षक मनोजशम्सेर जबराको अध्यक्षतामा बसेको वैठकले अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री रेखा थापालाई यस वर्ष पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । तीन दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा पुर्याएवापत संग्रौलालाई पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै, दशकदेखि नेपाली चलचित्रमा आफ्नो अभिनयकला र निर्माणमार्फत नेपाली चलचित्र क्षेत्रको संरक्षणमा योगदान पुर्याएवापत अभिनेत्री थापालाई ‘हरितारा चलचित्र पुरस्कार(२०७५’ प्रदान गर्ने निर्णय जनाइएको छ । पुरस्कारको राशी जनही २५ हजार रहेको छ । त्यस्तै, परिवर्तन नेपालको कार्यसमितिको बैठकले तीन दशकदेखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पुर्याएवापत अभिनेता उत्तम केसीलाई र नेपाली रंगपत्रकारितामार्फत योगदान पुर्याएबापत विजय रत्नतुलाधरलाई ‘श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ प्रदान गर्र्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ ।
यस्तै, अभिनेता तथा निर्देशक रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिम्खडालाई ‘परिवर्तन सम्मान(२०७५’बाट सम्मान गरिने जनाइएको छ । पुरस्कार तथा सम्मान तिहारलगत्तै एक समारोहबीच प्रदान गरिने परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाद्धारा प्रेषित बिज्ञप्तिमा उल्लेख छ ।