Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

‘सिम सिम पानी’ लिएर आए कृष्णभक्त

Saturday, October 13, 2018 National Power

काठमाण्डौ – लामो समयदेखि हङकङ बसोबास गरिरहेका कृष्णभक्त महर्जनले पहिलो पटक नेपाली भाषाका गीत लिएर आएका छन् । संगीतकारिताकै लागि रोजगारी भिसामा हङकङ प्रवेश गरेका महर्जनले ब्यवसायिक तबलावादकका रुपमा थुप्रै साल गजल रेस्टुरेन्टहरुमा सुरुवाती दिनहरु बिताएका थिए । हाल हङकङका स्थायीवासी रहेका उनी सपरिवार बसोबास गरिरहेका छन् ।

उनको संगीत र छोरी सोनम महर्जनको स्वरमा “नेपाली छोरी” एल्बम निस्किसकेको छ भने उनको आफ्नै संगीत र गायन रहेको नेपाल भाषाको डि भि डी पनि आइसकेको छ ।

निम्न गीत भने उनको स्वरको पहिलो नेपाली भाषाको गीत रहेको छ , “सिम सिम पानी” बोल को यस गीतमा कृष्णकै शब्द र संगीत रहेको छ भने गोपाल रसाइलीको संगीत संयोजन र मिन बिष्टको ध्वनि सम्मिश्रण रहेको छ ।

सृष्टी खड्का र सागर लोप्चन अभिनित भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् , संपादन विकास दाहालको र क्यामेरा उत्सव दाहालको रहेको छ । सागर लोप्चनकै नृत्य निर्देशन रहेको यो भिडियो नृत्यका पारखीलाई विशेष मनपर्नेछ ।