२५ असोज,काभ्रे / अरबिन्द्र गौतम – काभ्रेपलान्चोक जिल्ला बनेपामा ‘बनेपा नगरपालिका प्रथम मेयर कप अन्तर वडा स्तरिय फुटबल प्रतियोगिता–२०७५’ मा वडा नं १३ र १४ बीचको फाइनल खेल असोज २७ गते शनिबार हुने भएको छ ।
प्रतियोगिता बनेपा नगरपालिकाको मुख्य आयोजना तथा ५ नं वडा कार्यालयको संयोजनमा भएको थियोे स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’’ भन्ने मुल नाराका साथ संचालन भएको उक्त प्रतियोगीतामा बनेपा नगरपालिकाभित्रका १४ वटा वडाहरुबीच प्रतिस्पर्धा भएको थियो र १६ टिम प्रतियोगितमा सहभागी थिए फाइनल खेलमा वडा नं १३ र १४ पुगेका छन ।
असोज १९ गते शुक्रबारदेखि नेपाल बनेपा पोलिटेक्निक इस्टिच्युटको खेल मैदान चाईना टाउनमा भएको खेलमा विजेता हुने टिमलाई नगद ५० हजार सहित शिल्ड र मेडल उपलब्ध रहेको छ भने उपविजेता हुने टिमलाई नगद ३० हजार पुरस्कार रहेको छ ।
प्रतियोगितामा क्वाटरफाइनलमा वडा नं ५ को बि ले वडा नं ११ लाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरमा पराजित गरि सेमिफाइनल प्रवेश गरेको थियो । उक्त खेलमा वडा नं ५ को बि समुहको गोलकिपरको भुमिकामा खेलेका मुल संयोजन समितिको सदस्य तथा उप–समिति प्रशासनिक तर्फको संयोजक सागर मानन्धर म्यान अफ द म्याच भएको थियो । मानन्धरले एक पेनाल्टी उत्कृष्ट बचाए गरेको थियो ।
बनेपा नगरपालिकाको मेयर लक्ष्मीनरसिं बादेद्धारा उद्घाटन भएको प्रतियोगिताको उद्घाटन खेल वडा नं। ५ को ए समुह र वडा नं६ बीच भएको थियो