Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

पुजन– अनुपमाको जोडीले काठमाण्डौमा ईमेज अवार्ड चुमे

Tuesday, October 9, 2018 National Power

काठमाण्डौ – गायक पुजन लोहागन र गायिका अनुपमा प्रधानले शनिबार काठमाण्डौमा सम्पन्न २० औँ टुवोर्ग ईमेज अवार्डमा उत्कृष्ट युगल गायनको अवार्ड प्राप्त गरेका छन् । पुजन सिक्किममा जन्मिएका हुन् भने अनुपमा दार्जीलिङमा जन्मिएकी हुन् । सांगीतिक क्षेत्रका चर्चित यो जोडी रियल लाईफमा पनि श्रीमान– श्रीमती हुन्, चर्चित र पुराना सांगीतिक जोडी उदय– मनिला सोताङलाई श्रोता दर्शकहरुले रुचाएको जोडीको रुपमा जसरी लिने गर्दछन् त्यसै गरी यि गायन क्षेत्रका उदाहरणिय जोडीलाई पनि आम दर्शक श्रोताहरुले लिने गरेको पाईन्छ ।


भारतीय भुमिमा आफ्नो जन्म र कर्म थलो बनाएका युगल गायक जोडीले नेपाली सुगम संगीत “हावा घरैमा” बोलको गीतबाट ईमेज अवार्ड प्राप्त गरेका हुन् । थुप्रै चर्चित गीतहरु बजारमा ल्याई सकेका गायक जोडीले पूर्वोत्तर भारतमा ठुलो चर्चा बटुली सकेका छन् ।


नेपाली गीत संगीतको क्षेत्रमा काम गर्ने स्रष्टा र सर्जकहरुलाई सम्मान गर्ने उदेश्यले आयोजना गरिदै आएको ईमेज अवार्डमा भारतबाट नेपाल आएर अवार्ड थाप्दै गर्दा आफ्नो खुसीको सिमानै नरहेको अनुपमा बताउछिन् । उदय सोताङ् र मनिला सोताङ पछि पछिल्लो दिनहरुमा युगल जोडीको रुपमा चिनिन थालेका पुजन र अनुपमा, दुवै श्रीमान श्रीमती पनि हुन् । युगल गायक जोडीको रुपमा पनि सांगीतीक दुनियामा यिनिहरुलाई उदाहरणिय रुपमा लिने गरिन्छ ।

ईमेज अवार्ड चुमेको गीतको हावाघर गीतको म्यूजिक भिडियो ।

पुजन– अनुपमाको भिडियो अन्तर्वाता केही दिन पछि प्रशारण गर्ने छौं ।