Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

पुजन– अनुपमाको जोडीले काठमाण्डौमा ईमेज अवार्ड चुमे

Tuesday, October 9, 2018 National Power

काठमाण्डौ – गायक पुजन लोहागन र गायिका अनुपमा प्रधानले शनिबार काठमाण्डौमा सम्पन्न २० औँ टुवोर्ग ईमेज अवार्डमा उत्कृष्ट युगल गायनको अवार्ड प्राप्त गरेका छन् । पुजन सिक्किममा जन्मिएका हुन् भने अनुपमा दार्जीलिङमा जन्मिएकी हुन् । सांगीतिक क्षेत्रका चर्चित यो जोडी रियल लाईफमा पनि श्रीमान– श्रीमती हुन्, चर्चित र पुराना सांगीतिक जोडी उदय– मनिला सोताङलाई श्रोता दर्शकहरुले रुचाएको जोडीको रुपमा जसरी लिने गर्दछन् त्यसै गरी यि गायन क्षेत्रका उदाहरणिय जोडीलाई पनि आम दर्शक श्रोताहरुले लिने गरेको पाईन्छ ।


भारतीय भुमिमा आफ्नो जन्म र कर्म थलो बनाएका युगल गायक जोडीले नेपाली सुगम संगीत “हावा घरैमा” बोलको गीतबाट ईमेज अवार्ड प्राप्त गरेका हुन् । थुप्रै चर्चित गीतहरु बजारमा ल्याई सकेका गायक जोडीले पूर्वोत्तर भारतमा ठुलो चर्चा बटुली सकेका छन् ।


नेपाली गीत संगीतको क्षेत्रमा काम गर्ने स्रष्टा र सर्जकहरुलाई सम्मान गर्ने उदेश्यले आयोजना गरिदै आएको ईमेज अवार्डमा भारतबाट नेपाल आएर अवार्ड थाप्दै गर्दा आफ्नो खुसीको सिमानै नरहेको अनुपमा बताउछिन् । उदय सोताङ् र मनिला सोताङ पछि पछिल्लो दिनहरुमा युगल जोडीको रुपमा चिनिन थालेका पुजन र अनुपमा, दुवै श्रीमान श्रीमती पनि हुन् । युगल गायक जोडीको रुपमा पनि सांगीतीक दुनियामा यिनिहरुलाई उदाहरणिय रुपमा लिने गरिन्छ ।

ईमेज अवार्ड चुमेको गीतको हावाघर गीतको म्यूजिक भिडियो ।

पुजन– अनुपमाको भिडियो अन्तर्वाता केही दिन पछि प्रशारण गर्ने छौं ।