Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

काभ्रेको पनौतिमा रहेको कुशादेबी क्याम्पसले विद्यार्थीको जिबन माथि खेलवाड

Monday, October 1, 2018 National Power

१५ असोज ,काभ्रे / अरबिन्द्र गौतम – काभ्रेपलान्चोक जिल्ला पनौतीमा रहेको कुशादेबी क्याम्पसमा त्रिभुवन युनिभर्सिटीले लिएको  स्नातक तह प्रथम वर्षको बोर्ड परीक्षामा शिक्षकले २ गतेको परीक्षा दिन विद्यार्थी लाई  ४ गते को मिति लेखिदिएपछि कुशादेबी क्याम्पसका सम्पुर्ण विद्यार्थीले परिक्षामा भाग नै लिएन्न ।

परीक्षा त्रिभुवन युनिभर्सिटीले लिएको बोर्ड परीक्षा थियो
परीक्षाको मिति शिक्षकले बोर्डमा लेखिदिएका थिए ।
यस् कारणले पनि शिक्षकको गल्तिले विद्यार्थीको जिबनमा ठुलो असर परेको देखिन्छ ।

मिति समय तालिका एउटा दिने र दिएको समय मितिमा परिक्षा संचालन भएन २ गतेको परीक्षा दिन विद्यार्थी लाई शिक्षकले ४ गते को मिति लेखिदिएपछि कुशादेविका विद्यार्थी हरूले परीक्षा दिन पाएनन यसमा क्याम्पसको गम्भीर त्रुटि भएको छ काभ्रे जिल्ला लगाएत आसपासका जिल्लाहरुका बिद्यार्थीहरुको जिबनमा खेलवाड भएको विद्यार्थीहरुले नेशनल पावर न्युज लाई बताएका छन्

यसरी बिद्यार्थीको जिबनमा खेलवाड भएकोमा यथाशीघ्र छानबिन गरि कार्वाहीको माग गर्दै नेपाल बिद्यार्थी संघ कुशादेबी क्याम्पस समितिलेध्यानाकर्षण पत्र समेत काटेको थियो ।

ध्यानाकर्षण पत्रमा यस्तो लेखिएको छ ।

नेपाल विद्यार्थी संघ कुशादेबी क्याम्पस समिति पनौती काभ्रे

यस क्याम्पसले परिक्षाको समयमा सूचना पाटीमा परिक्षा समेत टाँस नगरी स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुलाई शिक्षा वाट परिक्षाका लागि कक्षा कोठामा लेखिएको परिक्षा मिति २०७५/६/४ गते नभई मिति २०७५/६/२ गते हुन् गएको र उक्त त्रुटिका कारण सम्पुर्ण विद्यार्थीहरु परिक्षामा समेलन नभई परिक्षा शुन्य हुदा विद्यार्थीको भविस्य माथी खेलवाड भएको हो यथाशीघ्र छानबिन गरि कार्वाहीको माग गर्दछौं ।