Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

वैशाखदेखि भदौसम्म ९०० बलात्कार र ५३६ जबरजस्ती करणीका घटना सार्वजानिक

Thursday, September 27, 2018 National Power

काठमाडौं-  पाँच महिनाको अवधिमा साढे १४ सय बलात्कार तथा बलाकारजन्य घटना भएको पाइएको छ । बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको हत्यारा पक्राउ नपरेको भन्दै सरकारको आलोचना भइरहेका बेला सरकारले नै बलात्कारका घटना बढेको तथ्यांक सार्वजनिक गरेको हो ।

महिला तथा सामाजिक समितिको बिहीबारको बैठकमा गृहसचिव प्रेमकुमार राईले बलत्कारका घटना बढेको स्वीकार गरे । उनले भने, ‘वैशाखदेखि भदौसम्मको अवधिमा ९०० बलात्कार र ५३६ जबरजस्ती करणी उद्योगका घटना भएका छन् ।’ अघिल्ला वर्षहरुको तुलनामा १० प्रतिशत बलात्कार घटना बढेको उनले जानकारी दिए ।

७१० बलात्कार र ३९१ जबरजस्ती करणी उद्योगका घटना  : महिला मन्त्रालय

समितिको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले भने फरक तथ्यांक प्रस्तुत गरेको छ । मन्त्री थममाया थापा मगरले नेपाल प्रहरीबाट प्राप्त भन्दै प्रस्तुत गरेको तथ्यांकमा भने बलात्कार घटना केही कम देखाइएको छ । ७१० बलात्कार र ३९१ जबरजस्ती करणी उद्योगका घटना भएको उनले बताइन् ।