Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

पुरुषोत्तमको “संघर्ष सगरमाथा ”(भिडियो सहित)

Thursday, September 27, 2018 National Power

काठमाण्डौ कलाकारितामा राम्रो पहिचान बनाउदै आएका पुरूषोतम सानुले दर्शक श्रोतालाई फेरि नयाँ कोशेली लिएर बजारमा आएका छन् ।’संघर्ष सगरमाथा’नामक म्युजिक भिडियो लिएर उनी फेरि दर्शक सामु देखा परेका हुन्।

गीत रचना, निर्देशन पुरूषोतम सानुको रहेको म्युजिक भिडियोमा अग्रज संगीतकार राजु सिङ्गको संगीत छ भने लोकप्रिय गायक राजेश पायल राईको स्वर छ। संगीत सयोजन गोपाल रसाइली रहेको म्युजिक भिडियो सगरमाथा आरोहि जाङ्बु शेर्पाले खिचेका हुन्।

अधिकांश छायाँकन सोलुखुम्बुमा गरिएको म्युजिक भिडियोक केहि दृष्यहरु काठमाडौँका छन्।फर्की आउने होकी होइन शिर्षकको गीतले आरोहण क्षेत्रसंग जोडिएको संघर्ष,माया र अनुभूति समेटेको छ।यश अघि सानुको रचना र मोडलिंगमा ‘तिमी आकाशको तारा’ सार्वजनिक भैसकेको छ।

मिङ्गमा शेर्पाको स्वर रहेको म्युजिक भिडियोमा शुरज शाही ठकुरीको संगीत थियो। पुरूषोतम सानुकै रचनामा ‘चिनेको छैन तिमीलाई ‘ बोलको गीत रेकर्ड भैसकेको छ। गीत प्रविन शाहीको स्वर छ भने नविन श्रेष्ठले संगीत भरेका थिए।

प्रहरी नायब निरीक्षक समेत रहेका रचनाकार पुरूषोतम सानुले पेशागत जीवनमा समेत निष्ठा र उत्कृष्टतालाई अब्बल साबित गर्न चुकेका छैनन्। स्वदेश नेपाल संगको कुराकानीमा पेशा र शोखलाई समन्वय गरेरै जीवन अघि बढाउने सानुको कथन थियो।