Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

संगीतकार सन्तोष श्रेष्ठको २६ औँ एल्वम् प्रवाह लोकार्पण

Sunday, September 23, 2018 National Power

काठमाण्डौ – नरेश खड्काको शब्द र सन्तोष श्रेष्ठको संगीतमा तयार पारिएको गीत एवम्  गजल संग्रह प्रवाह एल्वम् लोकार्पण गरिएको छ । भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव टिकाराम घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक मोहन निरौला,चलचित्र पत्रकार एवम् गीतकार शान्ति प्रिय, चलचित्र पत्रकार भरत बम्जन, लगायतकाको सहभागिता रहेको थियो ।


प्रमुख अतिथिको आसनबाट बोल्दै सहसचिव घिमिरेले नेपाल सरकारले कला र साहित्यको कदर गर्न नसक्दा अहिले कलाकारहरु विदेश पलायन हुन बाध्य भएको भन्दै हरेस नखाएर आफ्नो कला साहित्यलाई निरन्तरता दिन सबै कलाकारहरुलाई आग्रह गरे । साथै उनले  एक न एक दिन पक्कै पनि कलाकारहरुको कलाको कदर हुने विश्वास व्यक्त गरे । नेपालको पश्चिमी भेग आधुनिक गीत संगीतको क्षेत्रमा निकै पछाडी परेको भन्ने भनाईलाई सन्तोष श्रेष्ठ र नरेश खड्का जस्ता प्रतिभाहरुले चिरेको बताउदै सुभकानमा व्यक्त गरे ।
शनिबार अनाम नगरको संवाद डवलीमा सम्पन्न लोकार्पण समारोहमा बोल्दै गीतकार नरेश खड्काले माया प्रेमका कुराहरुलाई समेटेर तयार पारिएको यस संग्रहले आफैमा एउटा कथा बनाउने प्रयास गरेको र यो आफ्नो पहिलो प्रयासलाई सम्पुर्ण स्रोता वर्गले सुनेर सल्लाह र सुझाव दिन अनुरोध गरे ।


एल्वम् हरुको संख्यामा आफ्नो २६ औँ एल्वम् प्रवाह भएको बताएका संगीतकार सन्तोष श्रेष्ठले नेपाली गीत संगीतको क्षेत्रमा जति पनि फुल फुलेका छन् तिनै कृति र साहित्यको विचमा यो अर्को नयाँ फुल फुलेको हो भने । प्रवाह गीत तथा गजल संग्रहमा पाँच वटा वियोगान्त भावका र १ वटा समगान्त भावका गीतहरु रहेको बताउदै  उनले भने संसारमा धेरै थरिका गीत गाउने र लेख्ने गरेका हुन्छन् तर सबै गीत संगीत एउटै अथाव एकै जस्तो भयो भने त्यसको कुनै आवश्यकता र महत्व नहुन सक्छ, त्यसले नयाँ र नौलो प्रस्तुति ल्याउन जरुरी छ, आफ्नो मौलिकतालाई नभुलेर गीत संगीतमा अगाडी बढ्न जरुरी रहेको छ बताए ।

एल्वम् मा गायक कृष्ण भक्त राई,मनोज राज ,प्रासना शाक्य लगायतका कलाकारहरुको सुमधुर स्वर सुन्न सकिन्छ  । कार्यक्रममा नेपाली गीत संगीत एवम् कला र साहित्य प्रति अभिरुचि राख्ने श्रष्ठा, सर्जक र पत्रकारहरुको सहभागीता रहेको थियो ।