Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

कविताको ‘पिरती लाउँदिन दुईतिर गीतको भिडियो सार्वजनिक

Saturday, September 15, 2018 National Power

काठमाडौं- कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर…’ गीत सार्वजनिक भएको छ । उनको ‘कविता’ एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर…’ गीतको भिडियो सार्वजनिक भएको हो ।
नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो आकर्षक बनेको छ । किरण के उप्रेतिको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ । गम्बिर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको गीतको भिडियोलाई नवराज उप्रेतिले छायाँकन गरेका हुन भने नवीन निरौलाले सम्पादन गरेका छन् ।
विगत ७ वर्षदेखि नेपाली गायन क्षेत्रमा रहेकी कविताका दुई एल्बम सार्वजनिक भएका छन् । तीन दर्जनभन्दा धेरै गीतमा स्वर दिएकी कविताले यो नयाँ गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता÷दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताईन ।