Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बनेपामा प्रथम मेयर कप फुटबल असोजमा

Friday, September 14, 2018 National Power

काठमाडौं – काभ्रेपलान्चोक जिल्ला बनेपामा ‘बनेपा नगरपालिका प्रथम मेयर कप अन्तर वडा स्तरिय फुटबल प्रतियोगिता–२०७५’ हुने भएको छ । प्रतियोगिता बनेपा नगरपालिकाको मुख्य आयोजना तथा ५ नं। वडा कार्यालयको संयोजनमा हुन लागेको हो ।

‘‘स्वस्थको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’’ भन्ने मुल नाराका साथ संचालन हुने उक्त प्रतियोगीतामा बनेपा नगरपालिकाभित्रका १४ वटा वडाहरुबीच प्रतिस्पर्धा हुने र प्रतियोगीता भव्य रुपमा सफल पार्न बनेपा नगरपालिका ५ नं। वडाका वडा अध्यक्ष बलराम अधिकारीको संयोजकत्वमा मूल संयोजन समिति गठन गरिएको छ । मेयर कपमा १ वटा वडाबाट बढीमा २ टिम दर्ता गर्न पाउने संयोजन समितिले जानकारी दिए ।

मेयर कप आउँदो २०७५ असोज १९ गते शुक्रबारदेखि नेपाल बनेपा पोलिटेक्निक इस्टिच्युटको खेल मैदान ९चाईना टाउन०मा हुने । इच्छुक टिमले असोज १९ गते अगाडि नै प्रतियोगिता मुल संयोजन समितिसँग सम्पर्क गरी टिम दर्ता गर्न अव्हान गरेका छन् ।

–  अरबिन्द्र गौतम  / काभ्रेपलान्चोक