अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
काठमाडौं – हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको दिन प्रत्येक बर्षझै यस बर्ष पनि नाट्य संस्था महासंघ ( फेटो ) नेपाल जिल्ला शाखा काभ्रेपलान्चोकले तीज विशेष साँस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गर्यो ।
कार्यक्रम काभ्रेपलान्चोक जिल्लाको बनेपा बसपार्कमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला भरका मानिसको बाक्लो उपस्तिथि देखिन्थ्यो । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिलाहरु बनेपा बसपार्क परिसरमा भीड लागेको थियो ।
कार्यक्रममा स्थानीय कलाकारको साथै रा िस्ट्रय कलाकारको उपस्तिथि रहेकोमा महिलाहरुले तिज गितमा नाचगान गरेका निकै रमाइलो गरेका थिए । कलाकारहरू लाई स्वागत ,सम्मान र मायाको चिनोको साथै प्रमाणपत्र वितरण नाट्य संस्था महासंघ ( फेटो )नेपाल जिल्ला शाखा काभ्रेपलान्चोकका अध्यक्ष अमर कृष्ण चन्दले गर्नु भएको थियो ।
नाटक र कमेडी डान्स सुदिप राज रेग्मी,जादु रबिन्सन श्रेष्ठले देखाए कार्यक्रम संचालन पुजन धिताल र सनम सुवालले गरेको थिए ।
पछिल्लो समयमा चाडपर्व आउनु भन्दा एक, दुई महिना अगाडिनै कार्यक्रम सञ्चालन गर्दछ्न । तर नाट्य संस्था महासंघ ( फेटो ) नेपाल जिल्ला शाखा काभ्रेपलान्चोकले भने विगतको बर्ष झैं यस् बर्ष पनि तिजको दिनमा कार्यक्रम संचालन गरेको थियो ।
एक महिना अगाडि देखीनै कार्यक्रम सञ्चालन गरेर गहना, लुगा जस्ता विभिन्न कुराहरु प्रदर्शनले हाम्रो समाज र चाडपर्व अहिले बिकृति तिर गएको छ। कार्यक्रम उपस्तिथिले महिनै अगाडि कार्यक्रम गरेर विभिन्न प्रदर्शन गरेकोमा दुख समेत व्यक्त गरेको थिए ।