Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

दश जिल्लामा ६१ प्रहरी चौकी बनाइने

Tuesday, September 11, 2018 National Power

काठमाडौँ- प्रदेश नं ३ ले रु एक अर्ब १३ करोड लागतमा विभिन्न दश जिल्लामा ६१ वटा आधुनिक प्रहरी चौकी भवन निर्माण गर्ने भएको छ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले काठमाडौँ उपत्यका बाहेकका दश जिल्लामा प्रहरी चौकी निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवनमा चार, मकवानपुरमा नौ, सिन्धुलीमा नौ, काभेपलाञ्चोकमा आठ, सिन्धुपाल्चोकमा दुई, धादिङमा चार, नुवाकोटमा चार, रसुवामा चार, दोलखामा नौ, रामेछापमा आठ गरी जम्मा ६१ वटा प्रहरी चौकी निर्माण गरिनेछ ।प्रहरी भवन निर्माण गरी बजेट सदुपयोग गर्ने लक्ष्यका साथ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

चौकी निर्माण भएपछि प्रहरीका लागि आगामी दिनमा कार्य सम्पादनका लागि सहज हुने विश्वास प्रदेश सरकारले लिएको छ । भूकम्पले भत्काएका तथा पुराना भएका प्रहरी चौकीलाई अत्याधुनिक बनाउन लागिएको हो ।