Saturday 9th November 2024

    फेसन डिजाइनसँगसँगै रञ्जिता फाउण्डेसन मार्फत् सामाजिक कार्यमा रञ्जिता    ५० प्रतिशत सेयर र निःशुल्क प्रोमोको सुविधा पाउन निर्माता संघको सदस्य हुनै पर्ने    सरकार ढल्ने दिवा सपना नदेखे हुन्छः प्रधानमन्त्री    कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारी गर्दै नेकपा (माओवादी केन्द्र)    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा

पाँचौं तीज म्यूजिक अवार्ड सम्पन्न

Tuesday, September 11, 2018 National Power

काठमाडौं – पाँचौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७५ मा गायिका सहिमा श्रेष्ठ उत्कृष्ट तीज गायिका बन्न सफल भइन् भने गायिका मन्जु पौडेलको गीत माइतीको आँगनी उत्कृष्ट तीज गीत बन्न सफल भयो । छायाँछवि क्रियशनको आयोजनामा सम्पन्न भएको उक्त अवार्डमा विभिन्न ३१ विधामा अवार्ड प्रदान गरिएको थियो । पछिल्लो समय तीज गीतहरु मौलिकताभन्दा बढी व्यवसायिक बन्दै गरेको अवस्थामा अवार्डले मौलिकतातर्फ उन्मुख गराउन सफल भएको दाबी गर्दै अवार्डका अध्यक्ष शान्तिप्रियले गीतसंगीतका स्रष्टालाई सम्मान र प्रोत्साहनका लागि यो अवार्ड उदाहरणीय बनेको बताएका थिए । अवार्डमा सहिमा श्रेष्ठ, शर्मिला गुरुङ, चन्द्र चलाउने र लीला कुँवर, जमुना आचार्य र गोकर्ण रानामगरको गायन प्रस्तुति रहेको थियो भने श्रीराज इन्टरटेनमेन्टको समूह एवं विक्रम चौहान र टीका जैसीको समूहले नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा रंग पत्रकार जयन सुब्बा मानन्धरलाई छायाँछवि रंग पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।

तीज गीत चुम्ने विधाहरु यस प्रकारका छन्ः
सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
श्यामश्वेत रसाइली-धनगढी थर्काउने
सर्वोत्कृष्ट तीज गीत मिक्सिङ
कुमार राना मगर-माइती देश सम्झेर
सर्वोत्कृष्ट तीज गीत एरेञ्जर
झलक संगीतम् -माइतीको आश
सर्वोत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
सुदिप सागर- कोरियन सारी
सर्वोत्कृष्ट तीज दोहोरी नव–गायक
राम गोपाली - भदौरे झरी
सर्वोत्कृष्ट तीज दोहोरी नव–गायिका
अमृता श्रीपाल-खैनीले
सर्वोत्कृष्ट तीज गीत नव–गायिका
बीना भट्टराई- स्वामी ज्यू
सर्वोत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
निर्मल क्षेत्री - एउटा जरुरी कुरा छ
सर्वोत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
आरुषी मगर- चुरीया छैं छैं
सर्वोत्कृष्ट तीज गीत मोडल
दीपाशा विसी - कति राम्रो
सर्वोत्कृष्ट तीज गीत छायाँकार
करण चैसीर - जान्न फर्केर
सर्वोत्कृष्ट तीज गीत सम्पादक
वीरेन्द्र भाट विपीन - यतै घमाइलो
सर्वोत्कृष्ट तीज गीत युगल मोडल
दीपाशा विसीरटीका जैशी- माइती देश सम्झेर
सर्वोत्कृष्ट तीज गीत नृत्य निर्देशक
नारायण रीजाल -पाइन्ट लगाउ की सारी
सर्वोत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
राजीव बलामी - छड्के तिलहरी
सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
विक्रम चौहान - दिदी बहिनी
सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द
शिव हमाल - छम्म छम्म्
सर्वोत्कृष्ट तीज गीत शब्द
कस्तुप पन्त - चेलिको आँशु
सर्वोत्कृष्ट तीज दोहोरी गीत लय
रामु खड्का - भदौरे झरी
सर्वोत्कृष्ट तीज गीत लय
हरि विष्ट - माइती देश सम्झेर
सर्वोत्कृष्ट तीज युगल नव गायन
इन्दिरा रजकरअनीता कुँवर - दीदी बहिनी
सर्वोत्कृष्ट तीज गीत गायन मोफसल
कल्पना कुसुम - संगीनी
सर्वोत्कृष्ट तीज सामाजिक गीत
धर्मराज गीरी  - स्नौ डाँडा पारी
सर्वोत्कृष्ट तीज युगल गीत
लीला कवंररचन्द्रा चलाउने - सौता –२
सर्वोत्कृष्ट तीज दोहोरी गीत कम्पनी
गोरखा चौतारी म्यूजिक प्र.लि.
सर्वोत्कृष्ट तीज गीत कम्पनी
रक्षा म्यूजिक प्रा.लि.
सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक
अमृत खाती - नाचौ घुमी घुमी
सर्वोत्कृष्ट तीज दोहोरी गीत गायिका
उमा श्रेष्ठ - भाइरल
सर्वोत्कृष्ट तीज गायिका
सहिमा श्रेष्ठ - पहिलो नम्बर सुन
सर्वोत्कृष्ट तीज दोहोरी गीत
जमुना आचार्यरगोकर्ण राना मगर- छड्के तिलहरी
सर्वोत्कृष्ट तीज गीत
मञ्जु पौडेल - माइतीको आँगन