Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सिनामंगलमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Monday, September 10, 2018 National Power

२५ भदौ, काठमाडौं – काठमाडौंको सिनामंगल भत्केको पुलमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा ५८ प ४२९६ नम्बरको मोटरसाइकलमा सवार रहेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो । बिहान करिब २ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।

यसैबीच धादिङको बेनिघाट रोराङ गाँउपालिका ३ सितलबजारमा आइतबार साँझ भएको सवारी दुर्घटनामा गम्भीर घाइते भई उपचारको लागि काठमाडौं ल्याइएकी एक महिलाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका १२ की २१ वर्षीया लक्ष्मी भट्टको गएराति ९ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हिजो साँझ सवा ६ बजे उनीसहित उनकी २ वर्षीया छोरी निकिता र सुनिल पाठक सवार ना २६ प १४५८ नम्बरको मोटरसाइकललाई बा ३ ख १४७ नम्बरको बसले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाइते भएका थिए । घाइते सबैलाई उपचारको लागि नर्भिक अस्पताल थापाथली ल्याइएको थियो ।