Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइदै

Sunday, September 9, 2018 National Power

२४ भदौ , काठमाडौं / अरबिन्द्र गौतम – शनिबार विहान धादिङको मेघाम डाँडामा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएको छ ।

नुवाकोटबाट हेलिकप्टरमा पोष्टमार्टमका लागि शव काठमाडौं ल्याइएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइने छ। दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको थियो ।

गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटना भएको थियो।

हेलिकप्टरमा सवार ७ जना मध्ये ६ को मृत्यु भएको छ। एक जना महिलाको जिवितै उद्धार गरिएको थियो। उनको राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको