काठमाडौं – सर्वेन्द्र खनाल नेपाल प्रहरीका सर्वोच्च कमाण्डर अर्थात् महानिरीक्षक हुन् । अहिले प्रहरी उनको कमाण्डमा छ । तर, उनै सर्बोच्च कमाण्डर नेपाल प्रहरीका आईजीपीले आफ्ना प्रहरी अधिकृत बिरुद्ध नै उनले बोले । बालिका निर्मला पन्त प्रकरणको बिषयमा बुझ्न कञ्चनपुर पुगेका खनालले भने,‘नालायक प्रहरीले सम्पुर्ण संगठनलाई नै बदनाम भयो ।’
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले नै केहि त्रुटी गरेको बताए । शुक्रबार बिहान महेन्द्रनगरमा आयोजित ‘महिला हिंसा न्युनिकरण, मानवअधिकारको संरक्षण एवम् सुरक्षा नेपाल प्रहरीको जवाफदेहिता’ बिषयक राष्ट्रिय अभियान कार्यक्रमा खनालले हिंसाका घटनाको समाधान मिलापत्र मार्फत खोज्न नहुने बताए ।
खनालले यस घटनामा भिआईपी र भिभिआईपी जो कोहि भएपनि कानुनी कठघरामा उभ्याउने बताए । खनालले आफ्नो सेवाकालको दुखद घटनाका रुपमा यसलाई लिएको बताए । भने, ‘बहुतै दुस्खी छु। प्रहरी संगठनप्रति अहिलेसम्म यस्तो आरोप लागेको थिएन’, महानिरीक्षक खनालले थपे, ‘उच्चस्तरीय छानविन टोलीले समेत यस घटनाको अनुसन्धान गरिराखेको छ।
अनुसन्धान टोलीलाई सबैले सहयोग गर्नुहोस्। म पनि हस्तक्षेप गर्दैन। संगठन प्रमुखका हैसियतले यस्ता घटनामा कसैको ‘पावर’ मान्दैन् ।’ यो घटनामा संलग्न आफ्नै संगठनको जो कोहि भएपनि त्यसलाई कार्वाही हुने उनले बताए।
कुनै निर्दोष व्यक्तिलाई यस घटनामा यातना दिएर सकार्न नलगाइने बताउँदै महानिरीक्षक खनालले नालायक प्रहरीले सम्पुर्ण संगठनलाई नै बदनाम बनाएको बताए । हिंसाका घटनाको समाधान मिलापत्र मार्फत खोज्न नहुने बताउँदै महानिरीक्षक खनालले यस घटनामा भिआईपी र भिभिआईपी जो कोहि भएपनि कानुनी कठघरामा उभ्याउने बताए । साउन १० गते साथी रोशनी बमको घर दिउँसो गृहकार्य गर्न गएकी निर्मला वेपत्ता भएकी थिईन्। बमको घरको केहि पर भिमदत्त नगरपालिका १९ बागफाँटाको उखुबारीमा दोस्रोदिन उनको शव फेला परेको थियो।
घटनामा प्रहरीले शंकाको घेरामा रहेका बम दिदीबहिनी रोशनी र बबितालाई थुनामा राखेको छ। उनीहरुसँग वयान लिने काम भईरहेको कञ्चनपुर प्रहरीका प्रवक्ता तथा डिएसपी कृष्णराज ओझाले बताए । यस घटनामा पक्राउ गरिएका ४१ बर्षीय मानसिक अवस्था कमजोर भएका भनिएका दिलीपसिंह विष्टको काठमाडौंमा स्वास्थ्य जाँच भइरहेको छ। प्रहरीले उनको डीएनए परीक्षण, मानसिक स्वास्थ्य लगायतको परीक्षणका लागि काठमाडौं लगेको हो। ती सबैको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जीसी नेतृत्वको टोली महेन्द्रनगर आएको थियो ।
टोलीले घटनाको २६ औं दिनमा भिमदत्त नगरपालिका १९ बागफाँटाका विष्टले नै बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको निष्कर्ष निकालेको थियो। सीआईबीको निष्कर्षमा पीडित परिवार र स्थानीय विश्वस्त नभएपछि सीआईबीको अनुसन्धान नै शंकाको घेरामा परेको थियो । भदौ ४ गते प्रहरीले विष्टलाई आरोपी बनाएर सार्वजनिक गरेपछि महेन्द्रगरमा आन्दोलन उग्र बनेको थियो। मानसिक अवस्था ठिक नभएका विष्टलाई आरोपी बनाएर घटनाका वास्तविक दोषी जोगाउन खोजेको भन्दै आन्दोलन उग्र बनेको थियो ।
आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर भिमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका सन्नी खुनाको ज्यान गएको थियो । घटनापछि गृहमन्त्रालयले छानबिनका लागि मन्त्रालयका सह–सचिव हरिप्रसाद मैनाली नेतृत्वको ५ सदस्यीय छानबिन समिति महेन्द्रनगर पठाएको छ।