Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

पेट्रोलको मूल्य बढ्दा उफ्रिने नविना लामा ६ पटक बढाउँदा कता ?

Friday, September 7, 2018 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक

काठमाडौं । नेपाली राजनीतिको तीतो यथार्थ यस्तो छ कि कार्यकर्ताहरु विपक्षी दलका हुनासाथ चिच्याएर भुकम्पै ल्याउँला जस्तो गर्छन् । तर आफ्नो सरकार भएका बेलामा जस्तासुकै गल्तीलाई पनि नदेखेजस्तो गर्छन् । छिनका छिन नेताहरुको नैतिकता भुइँमा खसेको पत्तो आफैले पाउँदैनन् ।

प्रसंग हो विघटित नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुकी पूर्व अध्यक्ष नविना लामाको । उनी अहिले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइनको केन्द्रीय सदस्य छिन् । पार्टीले ३३ प्रतिशत महिलालाई केन्द्रीय तहमा नराखेको भन्दै निर्वाचन आयोगले दर्ता समेत गरेको छैन । नेकपा भनी अर्को दल हुँदासमेत मिचाहा गरेर निर्वाचन आयोगमा गए पनि अन्डरलाइन राखेर दर्ता गर्न खोजेको छ ।

नविना लामा सांसद समेत भएकी छिन् । उनले यो सरकार अहिलेसम्मकै सबल र हालै जारी गरिएको संघीय बजेट सबैभन्दा उत्तम भनिसकेकी छिन् । तर सांसद लामालाई प्रश्न– के मूल्यवृद्धि गर्ने सरकारलाई केही सुझाव छैन रु नविना र मूल्यवृद्धिबीचको साइनो के रु नेपाली काँग्रेसको नेतृत्वको सरकार हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।

नविना लामा खुंखार मूल्यवृद्धिको विरोधमा उत्रिइन् । उनले फेसबुकमा निकै कडा प्रतिक्रिया दिइन् । उनले त्यतिबेला देउवालाई अपशब्द नै बोलिन् । उनले कमिशन खाने उद्धेश्यले हप्तैपिच्छे मुल्यवृद्धि गरेको आरोप पनि लगाइन् । तर अहिले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ट पटकसम्म मूल्य बढाउँदा उनी वेपत्ता जस्तै छिन्। एक शब्द पनि बोलेकी छैनन्।

समाजिक सञ्जालमा समेत उनको खोजी भइरहेको छ। मूल्यवृद्धिविरुद्ध नेविसंघ अहिले सडकमा भएपनि सत्तारुढ संगठनहरु भने चुपचाप छन्। अहिले सामाजिक सञ्जालमा अघिल्लो सरकारको पालामा मूल्य बढ्दा उनले गरेको फेसबुक आलोचना भाइरल भइरहेको छ। उतिबेला विपक्षीलार्इ खर्चिएका शब्द अहिले आफैतिर फर्किएपछि नविना कुनै प्रतिक्रिया नदिर्इ गायव जस्तै भएकी छिन्।