Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले जनप्रतिनिधिको घर कब्जामा

Friday, August 31, 2018 National Power

काठमाडौं । भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले रोल्पाका एक जना जनप्रतिनिधिको घर कब्जामा लिएका छन् ।

बिहीबार ठुलो संख्यामा आएका विप्लव कार्यकर्ताले घर घेराउ गरी माडी गाउँपालिका–१, पेदीखोलास्थित वडासदस्य हरिप्रसाद घर्तीको घर कब्जा गरेको हुन् ।

उनको घर पार्टीको झण्डा गाडेर कब्जा गरिएको नेकपा गाउँपालिकाका प्रमुख सूर्य खड्काले स्वीकार गरेका छन् । उनका अनुसार, घर्तीले भ्रष्टाचार गरेका कारण जनताकै मागको आधारमा स्थानीय ‘जनसरकार’ले कारबाही गरेको हो ।

तर, वडासदस्य हरिप्रसाद घर्तीले भने आफूले भ्रष्टाचार नगरेको र गरेको प्रमाणित भएमा कानून बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् ।

प्रहरीले भने आफ्नोतर्फबाट सुक्ष्म अनुसन्धान जारी रहेको बताएको छ । वडासदस्य हरिप्रसाद घर्तीले ११ भदौमा आफूलाई विप्लव समूहका नेकपा कार्यकर्ताले अपहरण गरी जंगलमा लगी कुटपिट गरेको बताएका छन् ।