Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

भुजेल पक्राउ

Tuesday, August 28, 2018 National Power

१२ भदौ, काठमाडौं – नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् । उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय, काभ्रेको टोलीले आगजनी सम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको स्रोतले बतायो ।

सशस्त्र द्वन्द्वका क्रममा गोरखा जेल ब्रेक गरेर चर्चामा आएकी भुजेल पहिलो संविधानसभामा समानुपातिक निर्वाचन पद्धतिबाट सांसदसमेत बनेकी थिइन् । माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको पार्टीमा गएकी उनी नेत्रविक्रम चन्दले पार्टी फुटाएर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा सक्रिय हुँदै आएकी थिइन् ।