Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

पुनः प्रशारण हुँदै मेरी बास्सै

Tuesday, August 28, 2018 National Power

 काठमाडौँ /अरबिन्द्र गौतम – चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः  प्रशारण हुने भएको छ । मिडिया हबले उत्पादन गर्दै आएको मेरी बास्सै यसै साताबाट नेपाल टेलिभिजनमा पुनः प्रशारण हुन थालेको हो ।

प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खलाको प्रशारण एक महिना देखि रोकिएको थियो । नेपाल टेलिभिजनबाट प्रशारण रोकिए पनि मिडिया हबले भने आफ्नो युट्युब च्यालनमा मेरी बास्सैका सबै एपिसोडहरु राख्दै आएको छ ।

युट्युबमा पनि अत्यधिक रुचाइएको मेरी बास्सैलाई राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) ले निर्देशन गर्दै आएका छन् ।