Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चोरी भएको शिशुको शव भेटियो

Monday, August 27, 2018 National Power

११ भदौ, महोत्तरी – महोत्तरीको औरही नगरपालिकाबाट आइतबार चोरी एक शिशुको शव मृत अवस्थामा फेला परेको छ । औहरी नगरपालिका १ बस्ने सन्तोष चौधरीको ८ महिनाको छोरी सोनाली कुमारी नजिकैको एक बगैंचामा मृत अवस्थामा भेटिएकी हुन् । शिशुको हत्या हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका सई प्रदीप भगतले बताए । शिशुको शरीरमा निलडाम देखिएका छन् ।

शिशुका बुवा सन्तोष चौधरी औरही बजारका किराना पसलका सञ्चालन गर्दै आइरहेका थिए । शिशुलाई आइतबार अज्ञात व्यक्तिले पसल नजिकैबाट लगेको थियो । उनको अपहरण भएको हुन सक्ने प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका सई भगतले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ८ महिले शिशु मृत फेला परेपछि चौधरीको घरमा रुवाबासी चलेको छ । घटनाको विरोधमा र दोषी पहिचान गरी कारबाहीको माग गर्दै उद्योग वाणिज्य संघ औरही शाखाले औरही बजार बन्द गराएको छ ।