अरबिन्द्र गौतम र काभ्रेपलान्चोक
काभ्रे। पाँचखाल र आशपासको क्षेत्रलाइ सुबिधा दिने उद्देश्यले समृद्धि यातायात सेवा समीतिले बस सेवा सन्चालन गरेको छ ।
सरकारले केहि समय पहिला यातायात क्षेत्रमा भएको सिन्डी केटर तोड्दै नयाँ वस व्यवसायिहरुलाई कम्पनिको रुपमा दर्ता गरि यातायात संचालनको अनुमति दिने निर्णय सँगै यातायात क्षेत्रमा प्रतिस्पर्धा सुरु भएको छ ।
राजधानीको नजिक भएर पनि काभ्रेका धेरै स्थानहरुमा सुबिधा सम्पन्न यातायात सेवा सन्चालन हुन सकेको थिएन जसका कारण यात्रुहरुलाई समस्या भएको थियो । जसको मारमा पाँचखाल पनि परेको थियो ।
काभ्रेको धुलीखेल सम्म मयुर ,सिटी ,साझा लगायतले सुबिधा दिही रहदा पनि पाचँखाल भने पुरानै यातायात समितिमा भरमा पर्नु पर्दा बिहान बेलुकी यातायात समस्या झेल्दै रहेका यात्रुहरुको समस्या समृद्धि यातायातको सेवा सुचारु सँगै समाधान हुने भएको छ ।
थ्रीट मल्टिपल परपोज कम्पनी प्रा लि ले उक्त समृद्धि यातायात संचालनमा ल्याएको हो ।
पाँचखाल र आसपासका यात्रुहरुले बिगतमा धेरै दुख पाए , साँझ नपर्दै बनेपाबाट आउन साधन नहुने साथै बिहान पाँचखालबाट बनेपा काठमाडौं तर्फ जान साथै बिहान बिद्यार्थीहरु कलेज जान सवारि साधनको अभावले गर्दा समस्यामा पर्ने गरेकोले अवका दिनमा त्यस्ता खाले समस्या समाधान हुने एक स्थानीयले बताए ।