Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

मासु भात’ नाममा चलचित्र बन्ने

Sunday, August 26, 2018 National Power

काठमाडौं – बक्स अफिसमा नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठलाई हिट चलचित्र चाहिएको छ । यसैले पनि अब यी दुई एकसाथ चलचित्रमा देखिने तयारीमा छन् । वास्तविक जीवनमा समेत प्रेममा रहेका सौगात र श्रेष्टीलाई लिएर बन्न लागेको चलचित्रको नाम ‘मासु भात’ राखिएको छ । यो चलचित्रलाई सञ्जिब न्यौपानेले निर्देशन गर्दैछन् ।

चलचित्रका अन्य कलाकार र कथावस्तुको बारेमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिने न्यौपाने बताउँछन् । यसअघि ‘दाल भात तरकारी’को निर्माण घोषणा भैसकेको छ । अब, ‘मासु भात’ नाममा चलचित्र बन्ने भएको हो । चलचित्र ‘लालपूर्जा’मा काम गरेपनि सौगात र श्रृष्टीले पर्दामा एकसाथ देखिने मौका भने पाएका थिएनन् । रियल लाइफ जोडीलाई लिएर चलचित्र बनाउने क्रम बढेको समयमा सौगात र श्रृष्टीलाई पर्दामा पनि हेर्न दर्शक उत्सुक होलान् त ?

अरबिन्द्र गौतम