Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

हिजोको जस्तो हैन, अव परिषद् नयाँ ढंगले चल्छ : उपाध्यक्ष बराल (भिडियो अन्तर्वाता सहित )

Saturday, August 25, 2018 National Power

काठमाण्डौ – गत महिना मन्त्री परिषद्ले महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय अनर्तगत रहेको समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्टलाई भ्रष्टाचारमा आरोपित भएको भन्दै मन्त्रालयमा तानी उक्त पदमा मन्त्रालयले राजेन्द्र कुमार पौडेललाई पठाएको थियो तर पछिल्लो समय भट्टले मन्त्रालयमा नगई उक्त पदमा आफु रहनु पर्ने र आफुले गल्ति नगरेको भन्दै अदालतवाट स्टे अर्डर लिएर पूनः परिषद् पर्किएपछि सदस्य सचिवको विवादले अझ उग्र रुप लिएको हो ।


मन्त्री परिषद्ले नियूक्त गरेको सदस्य सचिव र स्टे अर्डरवाट पूनः परिषद् पर्किएका सदस्य सचिवले आ– आफ्नो छुट्टा छुट्टै कार्यकक्ष लिएर वसेकाले सेवाग्राहीमा समेत अन्योलता छाएको छ भने त्याहाँ कार्यरत कर्मचारीहरुमा समेत कसलाई सदस्य सचिव मान्ने भन्नेमा अन्यौलाता पाईएको छ ।

विभिन्न संचार माध्यमहरुले जनाए अनुसार ,सदस्य सचिव भट्टले दातृ निकायसँग रकम माग्ने गरेको, परिषदका लागि गाडी खरिद गर्दा लाखौं कमिसन लिने गरेको, परिषदका कम्प्युटर, फ्रिज जस्ता सामान आफ्नो घर लैजाने गरेको, भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालकसँग मिलेमतो गरेर मासिक रकम असुल्ने गरेको, परिषदको बैठकका निर्णय केरमेट गरी सच्याउने गरेको लगायतका उजुरी मन्त्रालयमा परेको थियो ।

परिषद् श्रोतका अनुसार यतिवेला भट्टको आरोपको विषयमा एक छुट्टै आयोगको गठन गरी छानविन समेत भैरहेको छ भने मन्त्रालयले अदालतमा भट्टका विषयमा पूनरावलोकन गर्न पूनः रिट दायर गरे पछि उक्त रिटको यहि भाद्र १३ गते अदालतले अन्तिम फैसला समेत सुनाउने वताईएको छ ।

पछिल्लो समय सदस्य सचिवको विवाद कारणले आलोचित वनिरहेको परिषद्ले जनताहरु वा सरोकारवाला सेवाग्रहीहरुको काम कसरी गरिरहेको छ भन्ने विषयमा परिषद्का उपाध्यक्ष निलमणी बरालसंग नेशनल पावर न्यूजले संक्षिप्त कुराकानी गरेको थियो ।

प्रस्तुत छ परिषद्का उपाध्यक्ष निलमणी बरालसंग गरिएको संक्षिप्त भिडियो अन्तवार्ता :