Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

प्रेममा परेकै हुन् जान्भी र ईशान ?

Saturday, August 25, 2018 National Power

काठमाडौं – स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जान्भी कपुरले फिल्म ‘धडक’ बाट बलिउडमा इन्ट्री गरिसकेकी छन् । पहिलो फिल्मबाटै उनले सफलताको स्वाद चाखिन् ।

‘धडक’ मा जान्भीले शाहिद कपुरका भाई पर्ने ईशान खट्टरसँग स्क्रिन सेयर गरेकी थिइन् । उनीहरुको जोडीलाई मन पराइएको थियो । उनै ईशानसँग जान्भी अहिले अफस्क्रिन रोमान्समा लिप्त रहेको गाईंगुईं चल्न थालेको छ । उनीहरु धेरैपटक एकसाथ भेटिएका छन् ।

‘धडक’ को सुटिङका क्रममा जान्भी र ईशानबीच बलियो अफस्क्रिन कमेस्ट्री बनेको थियो । फिल्मको सक्सेस पार्टीका क्रममा उनीहरु एक आपसमा निकै घनिष्ठ देखिए । कसैसँग धक नमानिकन उनीहरुले एक(अर्काको अंगालोमा फोटो खिचाएका थिए । त्यसपछि उनीहरु रेस्टुरेन्ट र मुभी डेटमा भेटिए । अहिले त उनीहरु एक(अर्काको घरमै मजाले आउजाउ गर्छन् ।

केही दिनअघि शाहिद कपुरकी पत्नी मिराको ‘बेबी शोअर’ का अवसरमा जान्भी पनि पुगेकी थिइन् । यसैगरी ईशान पनि जान्भीको घरमा पटक(पटक आइसकेका छन् । खबरअनुसार जान्भीका बुवा बोनी कपुरलाई उनीहरुको घनिष्ठतामा आपत्ति छैन । उनको ग्रिन सिग्नलमा नै जान्भी र ईशानको प्रेम अगाडि बढेको चर्चा छ ।

काठमाडौं – स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जान्भी कपुरले फिल्म ‘धडक’ बाट बलिउडमा इन्ट्री गरिसकेकी छन् । पहिलो फिल्मबाटै उनले सफलताको स्वाद चाखिन् ।

‘धडक’ मा जान्भीले शाहिद कपुरका भाई पर्ने ईशान खट्टरसँग स्क्रिन सेयर गरेकी थिइन् । उनीहरुको जोडीलाई मन पराइएको थियो । उनै ईशानसँग जान्भी अहिले अफस्क्रिन रोमान्समा लिप्त रहेको गाईंगुईं चल्न थालेको छ । उनीहरु धेरैपटक एकसाथ भेटिएका छन् ।

‘धडक’ को सुटिङका क्रममा जान्भी र ईशानबीच बलियो अफस्क्रिन कमेस्ट्री बनेको थियो । फिल्मको सक्सेस पार्टीका क्रममा उनीहरु एक आपसमा निकै घनिष्ठ देखिए । कसैसँग धक नमानिकन उनीहरुले एक(अर्काको अंगालोमा फोटो खिचाएका थिए । त्यसपछि उनीहरु रेस्टुरेन्ट र मुभी डेटमा भेटिए । अहिले त उनीहरु एक-अर्काको घरमै मजाले आउजाउ गर्छन् ।