Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

दाहालको निर्देशनमा शैक्षिक गीत सार्वजानिक

Saturday, August 25, 2018 National Power

काठमाण्डौ – सम्राट क्रिएशनद्वारा बाल गायक आयुष के.सी.को स्वरमा रहेको निकैनै पृथक शैलिमा बालबालिकाहरु प्रति लक्षित गर्दै ए इज फर एप्पल बोल गीतको शैक्षिक भिडियो सावजनिक भएको छ । यस गीतका बालगायकले निकैनै मिहेनत गरेर गाएका छन् ।


सुमन दाहालको निर्देशनमा निर्माण भएको यस बालगीतमा सन्तोष श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने सुजिता सिटौलाले छायांकन गरेको यस बाल शैक्षिक गीतको भिडियोलाई सुरेश राउतले संपादन गरेका छन् ।सावर्जनिक बाल गीतको भिडीयोमा मुख्य भूमिकामा भर्खरै मात्र राट्रभक्तिले ओतप्रोत गीतमा अभिनय गरेका बालकलाकार सम्राट दाहालको अभिनय रहेको छ ।

यस शैक्षिक गीतका गायक के.सी.लाई निकै मिहेनतका साथ खोजेपछि मात्र भेटीएका निर्देशक दाहाल बताउँछन् । उनि भन्छन् ः यस गीतले बालबालीकाहरुलाई पढ्न र सिक्न धेरै नै मद्दत गर्नेछ । अझ भनौं बालबालिकाहरुलाई यस गीतबाट निकै नै पढाई र सिकाइकालागि सहयोग पुग्ने छ । यस गीतमा सम्राट दाहालले अघिल्ला गीतहरुमा भन्दा यस बालगीतमा निकै मिहेनत गरेर धेरै राम्रो अभिनय गरेको निर्देशक बताउँछन् ।

_ अरविन्द्र गौतम