Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गण्डकी प्रदेशमा सुरु भयो ‘हेलो मुख्यमन्त्री’

Monday, August 20, 2018 National Power

४ भदौ, पोखरा – गण्डकी प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ सोमबारदेखि सुरु गरेको छ । संघीय सरकारको ‘हेलो प्रधानमन्त्री’कै जस्तो जनताको गुनासो सुन्न प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ सुरु गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफैले फोन उठाएर ‘हेलो मुख्यमन्त्री’को उद्घाटन गरे । ‘हेलो मुख्यमन्त्री’मा गण्डकी प्रदेशका जनताले १०९४ मा फोन गरेर गुनासो राख्न सक्नेछन् । पूर्वाहृन १० बजेदेखि अपराहृन ५ बजेसम्म कर्मचारी बसेर गुनासो टिप्नेछन् भने त्यसबाहेकको समयमा अटोमेटिक रुपमा गुनासो रेकर्ड हुनेछ ।

त्यस्तै, एन्ड्रोइड मोवाइल प्रयोगकर्ताले  Hello CM Android App डाउनलोड गरी सोहि एपमार्फत गुनासो राख्न सक्नेछन् । यसैगरी हेल्लो मुख्यमन्त्रीको वेभसाइट Hellocm.gandaki.gov.np मा गएर, hellocm@gandaki.gov.np मा मेल गरेर र हेल्लो मुख्यमन्त्रीको कार्यालयमै सिधै गएरपनि गुनासो राख्न सकिने जनाइएको छ ।

टिपिएको वा रेकर्डेड गुनासाहरु सुनेर तत्काल समाधान गरिने प्रदेश सरकारले जनाएको छ । राखिएको गुनासाको कार्य प्रगति पनि समाधान भएका गुनासाहरुको  Hellocm.gandaki.gov.np मा हेर्न सकिनेपनि जनाइएको छ ।

सोमबार दिउँसो १ बजे सुरु गरिएको ‘हेलो मुख्यमन्त्री’को पहिलो फोन कल पोखरा १५ का कृष्ण पौडेलले गरेका थिए ।

मुख्यमन्त्री स्वयम्ले उठाएको सो फोनमा पौडेलले तीन वटा प्रश्न सोधेका थिए । उनले पहिलो प्रश्नको रुपमा पर्यटकको बसाइ कसरी लम्ब्याउने रु पर्यटकको सुरक्षा कसरी दिने रु र पर्यटन प्रवर्द्धन कसरी गर्ने रु भनेर तीनवटा प्रश्न एकैपटक सोधेका हुन् ।

त्यस्तै दोश्रो फोनकर्ता बने पोखरा ३ नदीपुरका उपेन्द्र पौडेल । र्‍याण्डम रिडर्स सोसाइटी अफ नेपालका निवर्तमान अध्यक्ष रहेका उनले मुख्यमन्त्रीले फोन उठाएलगत्तै सेवा सञ्चालन भएरनभएकोबारे बुझ्न मात्रै फोन गरेको भन्दै ‘हेलो मुख्यमन्त्री’ सुरु गरेकोमा बधाई दिनुका साथै प्रभावकारी बनोस् भन्दै शुभकामना दिए ।

उद्घाटनको अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले गुनासोको प्रकृति हेरेर तत्काल सम्बोधन गर्न प्रयास गर्ने बताए । उनले भने, ‘प्रदेश सरकारले गर्न सक्ने भए तत्काल प्रमुख जिल्ला अधिकारीमार्फत काम गरिन्छ, प्रदेश सरकारले नसक्ने भए संघीय सरकारलाई पठाइन्छ ।’