Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

आफु स्वस्थ्य भयो भने मात्रै अरुको सेवा गर्न सकिन्छ : नायक सन्तोष तामाङ

Sunday, August 19, 2018 National Power

काठमाण्डौ – सन्तोष तामाङ नेपाली चलचित्रका नायक,समाज सेवी एवम् आई.एल.टि.एस ईन्सट्रक्टर हुन् । वि सं २०६८ सालमा नेपाली चलचित्र नमस्ते वाट नायकको रुपमा डेब्यु गरेका तामाङले नयाँ नेपाल एक्सप्रेस, फोर्स र दलाल चलचित्रमा अभिनय गरिसकेका छन् । चलचित्र जगतमा प्रवेश गर्नु अघि उनले नेपाल टेलिभिजनबाट प्रसारित प्रहरी अनुरोध सिरियलबाट आफ्नो अभिनय पाईला चालेका थिए ।

नायक तामाङ एक कुशल नायक मात्रै नभएर उनि असल समाजसेवी पनि हुन । सोडेक नेपाल र प्याक नेपाल नामक संस्थामा आवद्ध भएर उनले एच आई भि एड्स,ड्रग्स,दुब्र्यसनी,सडक बालबालिका,बेवारिसे सडकमा अलपत्रहरुको उद्धारमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । यसका अलावा भुकम्प पिडित,बाढीपहिरो पिडितहरुको सहयोग एवम् उद्धारको लागि अहोरात्र खट्ने नायकका निकै प्रसंसनिय कार्यहरु छन् । चलचित्र र समाज सेवालाई आफ्नो कर्मको पाटो बनाउने नायक तामाङ विगत लामो समय देखि बडि बिल्डिङको कार्यमा पनि सक्रिय रहदै आएका छन् ।

आफु स्वस्थ भयो भने मात्रै अरुको सहयोग गर्न सकिने भन्दै उनि दैनिक व्यायम गर्छन् । शारिरीक अभ्यास निकै महत्वपुर्ण भन्दै कुनै पनि मानिस जिम धाउनै नपर्ने उसले घरमै बसेर पनि पुस अप र चिन अप गरेर चुस्त वा स्फुर्त र स्वस्थ रहन सक्ने बताउछन् ।

हेर्नुस उहाँको शारिरीक अभ्यास गर्ने तरिकाको भिडियो सहित