Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

लम्की बजारको गुट्खा उद्योगमा बम विष्फोट

Thursday, August 9, 2018 National Power

२४ साउन, कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका( १ लम्की बजारमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूले सकेट बम विष्फोट गराएको छ । बिहीबार विहान करिब ५ बजेको समयमा उद्योगको गेट नजिकै बम विष्फोट भएको हो ।

ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानीय त्रसित भएका छन् । विष्फोटबाट उद्योगको पर्खाल र छानामा क्षती भएपनि अन्य कुनै क्षती नभएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए । बम किन र कसले विष्फोट गराएको भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

उद्योग संचालक यज्ञबहादुर वलीले अहिलेसम्म कुनै व्यक्ति वा समूहबाट चन्दा लगायत आर्थिक सहयोगका लागि कुनै फोन वा पत्र केही पनि नआएको बताए । यही साउन २ गते समेत उक्त उद्योगमा अज्ञात समूहले २ वटा सकेट बम राखेको थियो । उक्त बमलाई सेनाको निष्कृय पारेको थियो ।