Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति सहित बनेपाको आजाद विद्यालय

Wednesday, August 8, 2018 National Power

अरबिन्द्र गौतम काभ्रे /बनेपा – तपाईका छोराछोरीले एसईई परिक्षा उत्र्तिण गरेर उच्च शिक्षाको लागि राम्रो कलेजको खोजीमा भौतारि रहेका त छैनन् । यदी भौतारि रहेका छन् भने त्यसको उत्तम विकल्पको रुपमा काभ्रेको बनेपामा रहेको आजाद उच्च माध्यामिक विद्यालय हुन सक्छ ।

प्ले गुप्रदेखि +2 तहसम्म अध्यापन हुने विद्यालयले विद्यार्थी तथा शिक्षाको विकासमा कुनै कसर राख्ने गरेको छैन । यतीबेला एसईई परिक्षा सकेर बसेका विद्यार्थीहरुलाई राम्रो शिक्षा दिने बताएको छ ।

कुनै पनि तहमा शिक्षा प्रदान गर्न कुनै पनि कसर नराखेको विद्यालयले विगतदेखिनै जिल्लामा उत्कृष्ट नतिजा ल्याउँदै काठमाण्डौं जानु पर्ने बाँध्यताको अन्त्य गराउँदै आएको छ काभ्रे जिल्लाकै पुरानो सरकारी विद्यालय आजाद उच्च माध्यामिक विद्यालयमा शैक्षिक सत्र २०७५ का लागि कक्षा ११मा बिज्ञान ,ब्यवस्थापन ,होटल म्यनेजम्यन ,कम्प्युटर साईन्स , शिक्षा , अङ्ग्रेजी स्वास्थ तथा जनसंख्यामा भर्ना खुलेको प्रधानाध्यापक राम नारायण श्रेष्ठले जानकारी दिनु भयो ।

साथै हाम्रो आजाद हाम्रो गौरव मूल मन्त्र लिई दिनानुदिन अभिभावकहरु, शिक्षा प्रेमिहरुका बिचमा लोकप्रिय रहेको विद्यालयले विभिन्न समयमा विद्यार्थीहरुको स्तर बृद्धिका लागि तहगत रुपमा शैक्षिक स्तरिय तालिम, विभिन्न खेल तथा गोष्ठीहरुको आयोजना गर्दे आइरहेको छ । तपाईका छोराछोरी हरुलाई उचित शिक्षाको लागि कतै आजाद नै उत्तम हुने पो हो कि..