Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

गायिका बाँनियाको ‘पहिलो प्रेम’ सार्वजनिक

Tuesday, August 7, 2018 National Power

काठमाडौं – गायिका इन्दु बाँनियाको म्यूजिक भिडियो ‘पहिलो प्रेम’ सार्वजनिक भएको छ । नेपाली गीत संगीतको सृजनामा डेनमार्कमा बस्ने नेपालीहरुको बढ्दो सक्रियताकाबीच डेनमार्कमा छायाँकन भइ निर्माण गरिएको सो म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको हो । दिपक शर्माको संगीत रहेको गीतमा शब्द रचना हाल डेनमार्कमा बस्ने कृष्ण पौडेलको छ ।

डेनमार्कका लोकप्रिय नेपाली कलाकार तथा इनास डेनमार्कका अध्यक्ष सन्तकुमार थापाको निर्देशनमा स्वयम सन्तकुमार थापा र मल्लिका प्रधानको अभिनय रहेको म्युजिक भिडियो गणेश खड्काले छाँयाङ्कन गरेका हुन् । खड्काले सम्पादन गरेको म्युजिक भिडियो बुढासुब्बा डिजिटल प्रालिको यूटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा नेपाली ग्रामिण परिवेशमा प्रेम सम्बन्ध तथा अतितका प्रेमिल पलहरुको सम्झना गरिएको छ । भिडियोमा डेनमार्कको ग्रामिण क्षेत्रहरुको गर्मी मौसमका मनोरम दृश्यहरु देख्न पाइन्छ ।