Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ

Monday, August 6, 2018 National Power

२१ साउन, काठमाडौं – झापामा श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमान्लाई पक्राउ गरिएको हो ।

श्रीमातीले जाहेरीमा श्रीमानले इच्छा विपरित यौन सम्पर्क राख्ने गरेको उल्लेख गरेकी छिन् । उनले श्रीमान् १०/१२ दिन हराउने, अनि आएर सम्पर्क राखेपछि फेरि हराउने गरेको पनि जनाएका छिन् ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका श्रीमान्माथि वैवाहिक बलात्कारको मुद्दा दायर गरिएको छ । थप अनुसन्धान भइरहेको उनले बताए ।