Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

मेरो गजल तिम्रो लागि सार्वजनिक

Wednesday, August 1, 2018 National Power

काठमाडौँ – पचपन्न सालदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको प्रथम गजल एल्वम ‘‘मेरो गजल तिम्रो लागि’ मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ । बरिष्ठ गीतकार डा.कृष्णहरि बरालले एल्वम सार्वजनिक गर्दै भन्नुभयो, कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बराल, उन्नति बोहरा शीला, गजलकार ज्ञानुवाकर पौडेल, मेरिना स्मृति र संजिता देउजाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो ।


कार्यक्रममा प्राज्ञ तथा गीतकार उन्नति बोहरा शीलाले गजलमाथि चर्चा गर्दै सुनोलो भविश्व बोकेकी संजिताका गजल नेपाली संगीतको क्षेत्रमा एउटा चम्किलो तारा भएको बताउनुभयो ।

कार्यक्रममा ज्ञानुवाकर पौडेलले संजिताको गजल लेखनमाथि चर्चा गर्दै भन्नुभयो, “जुनबेला संजिताले गजल लेख्न थाल्नुभएको थियो, त्यो बेला महिला गजलकार कमै थिए । उहाँ निकै सम्भावना भएको गजलकार हो । विदेशको व्यस्तताले अलि हराउनुभयो । त्यति हुँदाहुँदै पनि गजल एल्वम निकाल्नुभयो, खुशीको कुरा हो ।”


उहाँले भन्नुभयो, “गजललाई कविता र गीतबाट अलग गर्नुहुन्न । संजिताका गजलमा कविता र गीत पनि पाइन्छ ।”
कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णहरि बरालले एल्वममाथि चर्चा गर्दै नेपाली गजल संगीतमा मेरो गजल तिम्रो लागि उत्कृष्ट संकलनका रुपमा आएको बताउनुभयो ।
उहाँले गीत संगीत लोकप्रिय हुन स्वर, संगीत, एरेन्ज, भिडियो भन्दा पनि गीत, गजल नै शब्द संरचना र लयका हिसावले उत्कृष्ट हुनुपर्ने बताउनुभयो ।
गजलकार संजिता देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार शुशीला देउजाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा गजलकार संजिता देउजाले अतिथि तथा सहयोगीहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
एल्वममा विभिन्न समयमा लेखिएका संजिताका आठ गजल संग्रहित छन् । एल्वममा सत्यराज आचार्य, स्वरुपराज आचार्य र दीपक थापाको स्वर रहेको छ । सत्य स्वरुपको संगीत रहेको एल्वममा तिम्रो लागि…, छ अझै…, जवाव यौटा…, दैवको हातमा…, कुनै बेला म…, एक मानिस…, किन ?..र अनुरोध…बोलका गजल रहेका छन् । एल्वममा तीन तीन गजल सत्य स्वरुप तथा दुई गजल दीपक थापाले गाउनुभएको छ ।


महेन्द्र भवन कन्या स्कुलमा अध्ययन गर्दै देखि गीत, गजल, मुक्तक र कविता लेखनमा रुचि राख्ने गजलकार संजिताका एक सयभन्दा बढी गजल रहेका छन् । त्यसमध्ये २५ भन्दा बढी रेकर्डमा रहेका छन् । उहाँका गजल र कविता मधुपर्कलगायत पत्रपत्रिकामा प्रकाशित हुँदैआएका छन् ।

अध्ययनको शीलसिलामा बेलायतमा रहदैआउनुभएकी गजलकार देउजाको संयुक्त मुक्तक संग्रह ‘मुक्तक महक’ प्रकाशित छ । त्यस्तै गायक दीपक थापाको एल्वम होराइजनमा समेत गजलकार देउजाको गजल संग्रहित छ ।