काठमाडौं – कंगारु एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई वैदेशिक शिक्षा सम्बन्धी सही सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले एक दिने कंगारु एजुकेशन फेयर आयोजना गर्न लागेको छ। साउन १६ गते बुधबार कंगारु एजुकेशन फाउण्डेशनको केन्द्रीय कार्यालय, एबी कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभा हलमा आयोजना हुने उक्त शैक्षीक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजीलेण्ड र यूरोपका विभिन्न २६ वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको सहभागीता रहने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले जानकारी दिए।

त्यसैगरी साउन १८ र १९ गते कंगारु एजुकेशनको शाखा कार्यालय सेलवेज टावर चिप्लेढुगां पोखरामा दुई दिने एजुकेशन फेयर आयोजना गरिने पोखरा शाखा प्रमुख टि आर काफ्लेले बताए।
शैक्षिक मेलामा आउनुहुने सम्पूर्ण विद्यार्थी अभिभावकले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेट गरी अन्तरक्रिया गर्न र सत्य तथ्य जानकारी लिन पाउनेछन्। त्यस देशको जीवनशैली, कलेज विश्वविद्यालय छनोट, छात्रवृत्तिदेखि लिएर परिपक्व डकुमेन्टेसन मार्पmत भर्ना र भिजाका सम्बन्धमा पनि परामर्श लिन सकिने बताइएको छ।
शैक्षिक मेलामा आउनुहुने विद्यार्थी र अभिभावकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने विधार्थीलाई विशेष अफर र गिफ्ट हयाम्पर प्रदान गरिने बताइएको छ। एजुकेशन फेयर बिहान १० बजेदेखि ५ बजेसम्म कंगारुको सभा हलमा आयोजना हुने कंगारु एजुकेशन फाउण्डेशनका अध्यक्ष सुस्मिता पराजुलीले जानकारी दिइन्।
मेलामा आइ।डी।पी र सिद्धार्थ बैंक पनि सहभागी हुन लागेकाले, अग्रेजी भाषा परीक्षा रजिष्टे्सन, आइएलटिएस तथा शैक्षिक कर्जा, विप्रेषण सेवा सम्बन्धी जानकारी लिएर विद्यार्थी र अभिभावकहरु लाभन्वित हुन सक्नेछन्।
पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको कंगारु ऐजुकेशन फाउण्डेशनको नेपालमा सातवटा शाखा कार्यालय साथै अस्ट्रेलियामा दुई र बंगलादेशको ढाकामा एक शाखा कार्यालय छन्।