१३ साउन,काठमाण्डौ – नेपाल थाइबक्सिङ्ग सघको आयोजनामा आज एक समारोहका बिच महाराजगन्जस्थित ओलिभ क्याफेको प्राङ्गणमा गुरुपुजा विशेष कार्यक्रम समपन्न भयो।सोही अबसरमा मुवाथाई खेल समेत प्रदर्शन गरिएको थियो।

नेपाल थाइबक्सिङ्ग संघका अध्यक्ष नमराज भन्डारीको नेतृत्वमा १२ सदस्यीय टोलि थाइल्यान्डको राजधानी बैंककमा एक महिने बिषेश प्रशिक्षणमा जाने खेलाडीहरुलाई सोही अबसरमा प्रदेश नम्बर ३ का अर्थ मामिला तथा योजना मन्त्री बिजय कुमार यादव तथा रास्ट्रीय खेलकुद परिषदका सदस्य अर्जुन बहादुर केसीले खेलाडीहरुलाई अबिर तथा खदा लगाएर बिदाई गर्नु भयो।

थाईल्यान्डको अभ्यासले युएफसी लगाएतका बहुचर्चित मिक्स मार्सल आर्ट्स खेलमा सहयोग पुग्ने प्रशिक्षक निकेश तामाङले बताए । सोही खेलमा सहभागी हुने अर्का खेलाडी तथा एचएफसि च्याम्पियन सन्तोष साउदले थाईल्यान्डको मौलिक खेल थाइल्यान्ड मै प्रशिक्षण गर्न पाउनु सौभाग्य रहेको बताए ।

kamala joshi