Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

सरकार र डाक्टर केसीबीच भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरौं : अर्याल

Saturday, July 28, 2018 National Power

काठमाण्डौ –  गोविन्द केसीका तर्फबाट वार्ता टोलीको सदस्य रहेका अधिवक्ता ओमप्रकाश अर्यालले सरकार र गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन गराउन खबरदारी गरिरहनुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसी भनेको बलिरहेको दियो हो । हामीले त्यो दियोमा तेल थप्दै जानुपर्छ । उहाँसँग सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गराउन हामीले खबरदारी गरिरहनुपर्छ।’


पत्रकार ऋषि धमलाले गोविन्द केसीको अनशनको विषयमा मिडियाको तर्फबाट व्यापक सकारात्मक भूमिका निर्वाह गरेको भन्दै अर्यालले गोविन्द केसीको तर्फबाट बधाई एवम् धन्यवाद ज्ञापन गरेका थिए ।

उनले भने,‘ऋषिजीले डाक्टरसापको अनशनको विषयलाई मिडियाको माध्यमबाट समाजमा बहसको विषय बनाईदिनुभयो। सत्य प्रकाश पारिदिनुभयो । जसका कारण समस्याको समाधान टाढा भएन । म वार्ता टोली र डाक्टर केसीको तर्फबाट ऋषिजीलाई धन्यवाद भन्न चाहन्छु । अब सम्झौता कार्यान्वयन गराउनपनि उहाँले यस्तै खालको भूमिका निर्वाह गर्नुपर्छ।’

डाक्टर केसीको अनशनलाई उदाहरणीय कामको संज्ञा दिँदै उनले भने,‘सत्याग्रहको उद्देश्य भनेको नै शरिरलाई पीडा हुन्छ तर आत्मा खुशी हुन्छ । सत्याग्रही कसैको डर वा प्रलोभनमा पर्दैन, डाक्टर केसीले त्यही बाटो समात्नुभयो।’ उनले वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नैतिकता संकटमा परेको गुनासो पोखे । उनले भने,‘शिक्षामन्त्री यो पटक चुक्नुभयो, उहाको बोलीमा क्रुरता देखिन्थ्यो ।’

स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थ समूहको घेराबाट बाहिर आएर केदारभक्त माथेमा र स्वतन्त्र समूहको कुरा सुनेको बताउँदै अर्यालले भने,‘प्रधानमन्त्रीले आँफैले पहल लिनुभयो र सहमति भयो । यो खुशीको कुरा हो । अब सम्झौता कार्यान्वयन हुनुपर्छ । हामी सबैको जित भएको छ ।’