Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

पोल्यान्डमा नेपालको परम्परागत लोक सस्कृति झल्काउने प्रस्तुती

Thursday, July 26, 2018 National Power

चन्द्र सुर्य अंकित नेपालको राष्ट्रिय झन्डाका साथमा दौरा सुरुवाल ढाका टोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली स्टेजमा उक्लन्छन तब दशौ हजार दर्शकको तालिको गडगडाहटबाट सम्मान पाउदा नेपाली हुनुमा गौरवानवित महसुस गर्छन्, यो दृश्य हालै पोल्यान्ड र टर्की मा सम्पन्न अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेला २०१८ को हो ।

पोल्यान्डको दुई छुट्टा छुट्टै लेग्निचा र क्रिनिचा शहरमा जुन २७ देखी जुलाई १३ सम्म सम्पन्न भएको ‘International Folklore Festival “Świat pod Kyczera” साथै टर्कीको चनाकालेमा जुलाई १८ देखी जुलाई २३ सम्म सम्पन्न भएको ‘International folk Dance Festival’ मा एभरेष्ट नेपाल कल्चरल ग्रुपले गौरबमय प्रदर्शन गरी नेपाल फर्केको छ।

पोल्यान्डमा सम्पन्न अन्तरराष्ट्रिय लोक सांस्कृतिक मेलामा १२ राष्ट्रको १५ टोली सहभागिता रहेको थियो भने टर्कीमा सम्पन्न अन्तरराष्ट्रिय लोक सांस्कृतिक मेलामा १६ राष्ट्रबाट २२ सांस्कृतिक समुहले भाग लिएका थिए । जहाँ नेपालको प्रतिनिधित्व एभरेष्ट नेपाल कल्चरल ग्रुपले गरेको थियो ।

नेपालबाट रामचन्द्र कोइरालाको संयोजन तथा निर्देशकद्वय सीतल आचार्य (सिता) र मिरज कोइरालाको निर्देशनमा एभरेष्ट नेपाल कल्चरल ग्रुप प्रस्तुत थियो । टोलिले मेला अबधिभर नेपालको परम्परागत लोक सस्कृति झल्काउने प्रस्तुती प्रस्तुत गर्यो ।

सो अन्तर्राष्ट्रिय मेलमा ग्रुपले झ्यऊरे, तमाङ, झोडा, सतार, शेब्रु, धिमल सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरियको थियो।