Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

रोमा जाने भनिएका माल्कोम बार्सिलामेनामा अनुबन्ध

Wednesday, July 25, 2018 National Power

९ साउन, काठमाडौं – इटालियन क्लब रोमाले सहमति भएको घोषणा गरेको भोलिपल्टै ब्राजिलियन विंगर माल्कोम बार्सिलोना आएका छन् । २१ वर्षीय माल्कोमले स्पेनिस च्याम्पियनसँग ५ वर्षे सम्झौता गरेका छन् । सोमबार मात्र रोमाले माल्कोमलाई ल्याउन बोर्डो क्लबसँग सहमति भएको र छिट्टै मेडिकल हुने बताएको थियो ।

रोमाका अनुसार कुनै सम्झौता त भएको थिएन तर, माक्कोम रोमा आउन सबै तयारी भइसकेको थियो । तर, बार्सिलोनाबाट आकर्षक प्रस्ताव आएको छ । रोमाले ३२ मिलियन पाउण्डमा अनुबन्ध गर्न चाहेको थियो तर, बार्सिलोनाले ३६।५ मिलियन पाउण्ड तिर्न तयार भएको छ । सम्भवत बुधबार मेडिकल हुनेछ । ब्राजिलको सिनियर टोलीबाट खेल्न बाँकी नै रहेका उनले लिग वानको ८४ खेलमा २० गोल र १३ गोल असिस्ट गरेका छन् ।