९ साउन, काठमाडौं – इटालियन क्लब रोमाले सहमति भएको घोषणा गरेको भोलिपल्टै ब्राजिलियन विंगर माल्कोम बार्सिलोना आएका छन् । २१ वर्षीय माल्कोमले स्पेनिस च्याम्पियनसँग ५ वर्षे सम्झौता गरेका छन् । सोमबार मात्र रोमाले माल्कोमलाई ल्याउन बोर्डो क्लबसँग सहमति भएको र छिट्टै मेडिकल हुने बताएको थियो ।
रोमाका अनुसार कुनै सम्झौता त भएको थिएन तर, माक्कोम रोमा आउन सबै तयारी भइसकेको थियो । तर, बार्सिलोनाबाट आकर्षक प्रस्ताव आएको छ । रोमाले ३२ मिलियन पाउण्डमा अनुबन्ध गर्न चाहेको थियो तर, बार्सिलोनाले ३६।५ मिलियन पाउण्ड तिर्न तयार भएको छ । सम्भवत बुधबार मेडिकल हुनेछ । ब्राजिलको सिनियर टोलीबाट खेल्न बाँकी नै रहेका उनले लिग वानको ८४ खेलमा २० गोल र १३ गोल असिस्ट गरेका छन् ।