Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

डाक्टर केसी पक्ष र सरकारबीच वार्ता सुरु

Tuesday, July 24, 2018 National Power

८ साउन ,काठमाडौं – सरकार र २५ दिनदेखि अनसनरत डा. गोविन्द केसीपक्षबीच अहिले वार्ता भइरहेको छ ।शिक्षा मन्त्रालयमा केही बेर अघिदेखि वार्ता चलिरहेको मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

वार्तामा डा.केसीका प्रतिनिधि र सरकारी वार्ताका टोलीका सदस्य सहभागी छन । डा. केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे सहभागी हुनुहुन्छ । यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङ र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमाबीच छलफल भएको थियो ।

चिकित्सा शिक्षा विधेयकमा मेडिकल माफिया अनुकुलमा राखिएका बुँदा हटाएर शिक्षामन्त्री पोखरेल र परराष्ट्रमन्त्री ज्ञवाली तथा नेता सुवास नेम्वाङले डा.गोविन्द केसीका माग सम्बोधन गने गरी वार्ताको पहल थालेपछि आज वार्ता भएको हो ।

वार्तामा विधेयकका केही बुँदा हटाएर संशोधन गरी डा. केसीका माग सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्यको भनाई छ । शिक्षासचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीले यसअघि तीन पटकसँग डा. केसी पक्षसँग छलफल गरे पनि सहमति हुन सकेको थिएन ।