Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Monday, July 23, 2018 National Power

७ साउन, काभ्रे / अरबिन्द्र गौतम  – बनेपाको चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्घ नगरपालिका-४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङ छन् । घटनापछि बनेपा बजारमा तनाव उत्पन्न भएको छ । आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बनेपाका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रिपर चालकलार्इ इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि प्रशासनले टाइम कार्ड लागू गरेको थियो । तर, अझै ट्रिपर आतंक रोकिएको छैन ।