Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अस्पतालको टेण्डर रोकिँदा मर्कामा परेको गुनासो

Monday, July 16, 2018 National Power

३२ असार, बुटवल – बुटवलको लुम्बिनी अञ्चल अस्पतालको टेण्डर रोकिएपछि ऋण खोजेर टेण्डर भरेकाहरुले मर्कामा परेको गुनासो गरेका छन् । टेण्डर पीडितहरुले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूहरुमाथि अन्याय भएको गुनासो गरेका हुन् ।

बुटवलको लुम्बिनी अञ्चल अस्पतालको टेण्डरका लागि फारम भरेकाहरुले एकाएक टेण्डर रोकिनुमा आर्थिक चलखेल हुनसक्ने भन्दै यथाशिघ्र टेण्डर खोल्न माग गरेका गरेका छन् । ‘न त अस्पताल प्रदेश सरकार मातहत आएको छ, मन्त्रीका निजी पिएको पत्रले टेण्डर रोक्न मिल्छ’, सटर पिडित बुद्धि ज्ञवालीले भने, ‘१२ वटा दर्ता भैसकेको अवस्थामा एकाएक रोकिनु दुखद हो ।’

अस्पताल विकास समितिका मेडिकल सुपरिटेन्डेन्ट डा। कृष्ण खनालकै कारण आफूहरुले न्याय नपाएको उनले गुनासो गरे । ‘हाम्रो करोडौं पैसा बैंकमा थुप्रिएको छ, हामीहरु अरुले पनि बैंकमा जम्मा गरेको भौचर संकलन गर्दैछौं, यो रोकिनुमा आर्थिक चलखेल नै भएको हाम्रो दाबी छ’, ज्ञवालीले भने । सटर भाडाका लागि आफुहरुले बैंकमा जम्मा गरेको रकमको ब्याज कस्ले तिर्ने भन्दै उनीहरुले प्रश्न गरेका छन् । बोलपत्र आव्हानको विषयलाई लिएर लुम्बिनी अञ्चल अस्पतालमा भएको विवादले आफूहरु मर्कामा परेको उनीहरुको गुनासो छ ।

बैंकमा झण्डै ३ करोड रुपौंयाको भौचर भरिएको भन्दै उनीहरुले तत्काल आफूहरुलाइ न्याय दिन आग्रह गरेका गरे । अर्का पीडित पुस्कर पाण्डेले सार्वजनिक खरिद ऐन २०६३ अनुसार २०७५ जेठ २७ गते अध्यक्ष खनालले समितिको निर्णय गराई बोलपत्र आव्हान गरेकोमा गत सोमबार अस्पतालका मेसूले सुचना जारी गर्दै बोलपत्र अनिश्चतकालका लागि स्थगित भएको सूचना टाँगेका बताए ।