Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नेपाल थाई बक्सिङका भण्डारी ११ जना आफ्ना प्रशिक्षार्थीहरुलाई लिएर थाईल्याण्ड जादै

Friday, July 13, 2018 National Power

नेपाल थाई बक्सिङका अध्यक्ष नमराज भण्डारी ११ जना आफ्ना प्रशिक्षार्थीहरुलाई लिएर यहि साउन ११ गते थाईल्याण्ड जादै छन् ।

टेलिभिजन तथा विभिन्न भिडियोहरुमा बक्सिङ खेल हेर्दा हेदै त्यहि बाट प्रभावित भएर भण्डारीले सन् २००७ मा नेपाल थाई बक्सिङ स्थापना गरेका थिए । स्थापना काल देखिनै थाई बक्सिङ सम्बन्धि प्रशिक्षण लिन चाहाने सम्पुर्ण नेपाली खेलपे्रमिहरुको लागि लागि परेका छन् । राज्यको महत्वपुर्ण अंग खेल क्षेत्र भएपनि राज्यस्तरबाट कुनै पहल र प्रयास नहुने गरेका कारण खेलाडीहरुले आर्थिक जिवनमा निकै ठुलो समस्या बेहोर्ने गरेका छन् ।

बेलाबेला खेलाडीहरु मथि गुण्डा र राजनितिक कार्यकर्ता भनेर आरोप समेत लाग्ने गरेको उनि बताउछन् । एसोसिएसन स्थापना गरेको लामो समय वितिसक्दा पनि सरकारी स्तर भन्दा निजि क्षेत्रबाट धेरै प्रशंसा र सहयोग प्राप्त गरेको उनले बताए । खेल क्षेत्रको लागि त सरकारले पनि सहयोग गर्छ त भन्दा भण्डारी भन्छन “सानो भन्दा सानो काम गरि दिनुस न भन्दै मन्त्री र उच्च पदाधिकारीहरुलाई धाउदा धाउदै महिनौ वित्ने तर भनेको काम कहिले पनि नगरिदिदा आफुलाई सरकार प्रति कुनै आशा नरहने गरेको बताउछन् । आज एउटा फाईल मन्त्रालय पुर्यायो केहि दिन पछि हजुर कहाँ पुग्यो मेरो काम भन्दै जादाँ तपाई को के काम भन्नुभो ? हजुर मेरो यस्तो यस्तो काम थियो भन्दा ए अँ त्यो हुन्छ नि भै हाल्छ नि १ हप्तामा आउनुन भन्दै फर्काइन्छ ।

फेरी केहि दिनमा गयो अझ ए तपाईको के काम भन्नुभो ? सोध्छन् मेरो यो का हो भन्दै फर्काईन्छ पटक पटक सरकारी कर्मचारीहरु र नेता तथा मन्त्रीको मुखमा ए बाहेक बी केहिले नआउने हुनालै आफुलाई हजुर मेरो एसोसिएसनको लागि यस्तो गरिदिनुपर्यो भन्दै कहिले पनि जान मन लागेन” आफु एक्लैको निकै लामो कसरत पछि मात्रै नेपालमा नेपाल थाईबक्सिङ भित्र्याउन सफल भएको बताए ।

थाई एसोसिएसन स्थापना गर्न समेत निकै ठुलो कसरत गर्नु परेको बताए । नेपालमा खेल क्षेत्र निकै कमजोर अवस्थामा रहेका कारण प्रतिभा भएका खेलाडीहरुको समेत प्रीतभा सेलाएर जाने गरेको बताए । अवसर र प्रोत्साहन पाएमा नेपालमा प्रतिभावान खेलाडी रहेका छन् जसले नेपाललाई विश्व सामु चिनाउन सक्ने क्षमता हाम्रा खेलाडी हरुमा रहेको बताए । पारिवारीक अवस्था आर्थिक रुपमा बलियो भएन भने खेल क्षेत्रमा लागेर जिवन धान्न मुस्किल पर्ने गरेका कारण कैयौ खेलाडीहरु खेल क्षेत्रबाट पलायन हुने गरेको बताए ।

नेशनल पावर न्युजको पावर टक कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले आफ्ना प्रशिक्षर्थीहरुको करिव एक महिना लामो प्रशिक्षण रहेको बताए ।