Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

बार्सिलोनाले भित्र्यायो फ्रान्सेली डिफेण्डर

Friday, July 13, 2018 National Power

२९ असार, काठमाडौं – बार्सिलोनाले सेभिल्लाका सेन्टरब्याक क्लेमेन्ट लेङलेटलाई भित्र्याएको छ । २३ वर्षीय लेङलेटले बार्सिलोनासँग ५ वर्षे सम्झौता गरेका छन् । ३५।९ मिलियनमा ल्याएको उनको रिलिज क्लज ३०० मिनियन युरो राकिएको छ । फ्रान्सका सेन्टरब्याक जनवरी २०१७ मा मात्र सेभिल्ला आएका थिए । उनले गत सिजन ५२ खेल खेले र चार गोल समेत गरेका थिए ।

स्पेनिस च्याम्पियन बार्सिलोनाले लेङलेटलाई विश्वका होनहार डिफेण्डरहरु मध्ये एक भनेको छ । उनको आगमनले जेरार्ड पिके, उम्टिटी र भर्मालिन रहेको एक शानदार डिफेन्स लाइन बनेको विश्वास समेत व्यक्त गरेको छ ।