२५असार, बनेपा – ट्राफिक प्रहरी होस् वा जिल्ला प्रहरीसँगै ईलाका प्रहरी नयाँ आउने हाकिमले केही नयाँ गरेर देखाउने प्रयास गर्दछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रमुख भएर आएसँगै प्रहरी निरिक्षक निशेष चापागाईले जिल्लामा सवारी साधनको अवस्था र कसरी दुर्घटना कम गराउने उपायको खोजीमा लागेको बताएका थिए ।
शनिवार काभ्रेको बनेपा भैसिपाटीमा टिपरले मोटरसाईकलाई ठक्कर दिएपछि टिपर चालकलाई सचेत बनाउन आवश्यक ठानेर त्यसमा सकृय बने । नभन्दै आईतवारवाटै उनले टिपर चालकलाई सचेत बनाउन तिर लागे । काभ्रेमा ट्राफिक प्रमुख आए लगत्तै उनले प्रेसर हर्न हटाउने अभियान सुरु गरेका थिए । असार महिनासम्म आफै नहटाए आक्रमक रुपमा प्रेसर हर्न हटाउन लाग्ने उनले बताएका छन् ।
केही समय उनले सकडमा चाप र चापमा हुन सक्ने दुर्घटना कसरी कम गराउन सकिन्छ भनेर उपाय खोजी गरिरहेका छन् । टिपरको कारण दुर्घटना बढेको निस्कर्ष निकाल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले अन द स्र्पोेट कारवाहीसँगै चालकलाई सडकमै ट्राफिक नियमको ज्ञान दिन थालेको छ । सचेत नमाने कारवाही गराउने उदेश्यले चापागाईले सचेतना कार्यक्रम सुरु गरेको बताए । यो क्रमलाई निरन्तर गरे उनी काभ्रेमा सफल बन्नेछन् हैन भने सानदार स्वागत र नमिठो बिदाइको सामना चापागाईले समेत भोग्ने छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक निशेष चापागाईले सडकमै पुगेर चालकहरुलाई अनुशिक्षण दिने क्रम निरन्तर चलाउने बताउँछन् । शनिवार टिपरको लापरवाहीकै कारण दुर्घटना घटे लगत्तै ट्राफिक प्रहरीले सडकमै पुगेर टिपर चालकलाई प्रशिक्षण दिन थालेको हो । हामीले ठिक समयमा ठिक निर्णय गर्न सकेनौ भने असफल बन्छौ त्यसैले चालक सचेत बनाउन लागेका हौ उनले भने । सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक कार्यालयले सडकमै चालकहरुसँग अनुशिक्षण थालेको हो । काभ्रे जिल्लामा भएर बिपी राजमार्ग तथा अरनिको राजमार्गमा यात्रुवाहक सवारीसँगै निर्माण सामाग्री बोक्ने टिपरको संख्यामा बृद्धि भएपछि संभावित दुर्घटनाबाट जोगिन जोगाउन प्रहरी सचेतना अभियान संचालन गरेको हो ।
दुर्घटना बढेसँगै वागमती टिपर व्यवसायी संघसँग समन्वय गरेर प्रत्येक ६÷६ महिनामा कोठाभित्र राखेर चालकलाई अनुशिक्षण गर्दै आएको ट्राफिकले आईतवार सडकमै चालकलाई दुर्घटना न्यूनिकरणको उपाय सिकाएको हो । वागमती टिपरले पछिल्लो समय अनुशिक्षणमा चासो दिन सकेको छैन । ट्राफिक प्रहरी कार्यालय काभ्रेले यसअघि दुर्घटना न्यूनिकरणका लागि विद्यालयमा ट्राफिक शिक्षासँगै चालकसँग अन्तरकृया गर्ने गरेको थियो । चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक निशेष चापागाईले ट्राफिक संकेतबारे जानकारी, बाटो काट्ने सुरक्षित तरिका, सवारी साधनहरुको गति, त्यसका प्राविधिक पक्ष, मादक पदार्थ सेवन गरि सवारी साधन चलाउँदा हुने बेफाइदाका बारेमा जानकारी गराएका थिए । ‘सवारी दुर्घटनाको कारकनै चालक भएकाले चालकलाई यस्तो खालको शिक्षा दिएका हौ’ प्रहरी निरिक्षक चापागाईले सुनाए । सवारी साधनमा आउने समस्याको कारणले भन्दा पनि चालकको कमजोरीले दुर्घटना हुने भएकाले चालकलाई सचेतना गर्न अन दी स्पट सचेतना कार्यक्रम संचालन गरेका हौं उनले भने ।
मापसे घटे गाँसे बढे
काभ्रेमा टिपर चालकहरुले मादक पदार्थ सेवन मापसे गरेर सवारी चलाउन छाँडे पनि गाँसे अर्थात गाँजा सेवन गरेर चलाउनेको संख्यामा भने बृद्धि भएको छ । ट्राफिकले टाइम कार्ड लगाएर टिपरमाथि नियन्त्रणको प्रयास गरेपनि त्यो सफल हुन सकेको छैन । ट्राफिक प्रहरीलाई समय समयमा आर्थिक प्रभोलनमा फस्ने गरेको आरोप लाग्ने गरेको छ । मापसेको चेकजाँच हुने भएपनि गाँसे सेवन गरेर सवारी साधन चलाउन नपाउने नियम नेपालमा नभएकाले लठ्ठ परेर टिपर चलाउनेहरुको संख्यामा बृद्धि भएको हो ।
.अरबिन्द्र गौतम